रामेछाप भालुखोप डाँडामा बन्यो भ्युटावर : आन्तरीक पर्यटकको भिड

यहि महिना भित्रमै उद्धघाटन गर्ने तयारी

रामेछाप भालुखोप डाँडामा बन्यो भ्युटावर : आन्तरीक पर्यटकको भिड

यहि महिना भित्रमै उद्धघाटन गर्ने तयारी

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ६ र ७ को संगमस्थल भालुखोप डाँडामा भ्युटावर बनेको छ । रामेछाप नगरपालिकाको पर्यटकिय स्थलको रुपमा रहेको भालुखोप डाँडामा भ्युटावर बनेँसँगै त्यहाँ आन्तरीक पर्यटकहरुको भिड लाग्ने गरको छ ।

रामेछाप नगरपालिकाको गौरवको आयोजनाको रुपमा रहेको भ्युटावर निर्माण सम्पन्न भएलगतै आन्तरीक पर्यटकहरु भ्युटावर घुम्न आउन थालेका छन । भर्खरै निर्माण सम्पन्न भएको भ्युटावर यहि महिना भित्रमै उद्धघाटन गर्ने तयारी भइरहेको वडा नं ७ का वडाअध्यक्ष समिर कार्कीले बताउनुभयो ।

उद्धघाटन नुहँदै धेरै आन्तरीक पर्यटकहरु घुम्न आउन थालेका छन । उद्धघाटनपछि त झन धेरै आन्तरीक तथा बाह्य पर्यटकहरु घुम्न आउने विश्वास आफुहरुले लिएको वडाअध्यक्ष कार्कीले ईरामेछापलाई बताउनुभयो ।

भालुखोप भ्युटावरबाट पोकली झरना,जानकी मन्दिर,तारकेश्वर महादेव मन्दिर,गणेशटार मन्दिर सहित रामेछाप,सिन्धुली तथा ओखलढंगाका विभिन्न भूभागहरुको दृश्यअवलोकन गर्न सकिने छ । रामेछाप नगरपालिकाको १ करोड ४१ लाख लागतमा सुनकोशी कन्स्ट्रकसन नेपाल प्रालिले उक्त भ्युटावर निर्माण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार