सिन्धुलीमा छुट्टछुट्टै दुर्घटनामा परेर दुई जनाको मृत्यु

मोटरसाईकल, जीप र जीप चालकलाई प्रहरीले नियन्त्रणमा लियो

सिन्धुलीमा छुट्टछुट्टै दुर्घटनामा परेर दुई जनाको मृत्यु

मोटरसाईकल, जीप र जीप चालकलाई प्रहरीले नियन्त्रणमा लियो

सिन्धुलीमा छुट्टछुट्टै दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । गएराति दुधौली नगरपालिका २ गागनमा ज ९ प ९४२६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा ४५ वर्षका दिलिप अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनापछि घाइते भएका दुधौली नगरपालिका १ पकाडाडाँका अधिकारीको उपचारको क्रममा चन्दनपुर पोलिक्लिनीकमा मृत्यु भएको प्रहरी चौकी हत्पतेले जानकारी दिएको छ ।

यस्तै सिन्धुलीकै कमलामाइ नगरपालिका ८ सिस्नेरीमा जीप र मोटरसाइकल ठोक्किँदा प्रहरी जवानको मृत्यु भएको छ । हिजो साँझ बा २० च ८२२६ नम्बरको जीप र बा ३६ प ५८९ नम्बरको मोटरसाइकल ठोक्किँदा प्रहरी जवान २६ वर्षका तेजेन्द्र बुढा मगरको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार प्रहरी जवान मगर प्रहरी चौकी इनरुवाबाट रमना लिएर जिल्ला प्रहरी कार्यालय पर्सा जाने क्रममा दुर्घटना भएको हो । अहिले जीप र जीप चालक इलाका प्रहरी कार्यालय भिमानले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार