सरकारले गर्भावस्थाको पहिलो त्रैमासिकपछि सबै गर्भवतिलाई कोरोना खोप लगाउने

सरकारले गर्भावस्थाको पहिलो त्रैमासिकपछि सबै गर्भवतिलाई कोरोना खोप लगाउने

नेपालमा कोरोना सङ्क्रमण पछि निको हुनेको सङ्ख्या ८ लाख नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा नेपालभर रहेका सक्रिय सङ्क्रमितमध्ये २ सय ५८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना सङ्क्रमण पछि निको हुनेको सङ्ख्या ८ लाख ६ सय १७ पुगेको छ । नेपालमा पछिल्लो समय कोरोना सङ्क्रमित थपिनेभन्दा निको हुने दर कम रहेको छ ।

यसैबीच, मन्त्रालयले गर्भावस्थाको पहिलो त्रैमासिक पछि सबै गर्भवतिहरूलाई कोरोनाविरुद्धको खोप लगाउन निर्देशन दिएको छ । मन्त्रालयले आज एक सूचना जारी गरी गर्भवतीहरू कोरोना महामारीको उच्च जोखिममा रहेकाले पहिलो त्रैमासिक पछि नै खोप लगाउन भनेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार