रामेछापमा काँग्रेसको ६१ वडामा सर्वसम्मत नेतृत्व चयन,२ वडामा निर्वाचन,१ वडामा अझै लफडा

रामेछापमा नेपाली काँग्रेसको ६१ वटा वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ । हिजो भएको वडा अधिबेशनमा जिल्लाका ६४ वटा वडामा सर्वसम्मत नेतृत्व चयन भएको नेपाली कांग्रेस रामेछापका सभापति लवश्री न्यौपानेले जानकारी दिनुभयो । जिल्लाका ८ स्थानिय तहका ६४ वडामध्ये २ वटा वडामा निर्वाचन भएको हो । दोरम्बा गाउँपालिका २ दोरम्बा र मन्थली नगरपालिका १३ मा […]

रामेछापमा हरितालिका तीज (फोटोफिचर)

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदैछ । रामेछापका विभिन्न शिवालयहरुमा विहार्नैदेखी भक्तजनहरुको भिड छ । महिलाहरु मन्दिर,खुला ठाउँ र चौरमा भेला भएर तीज मनाइरहेका छन् । जिल्लाको प्रमुख धार्मिक स्थलहरु थानापति,केवलेश्वर,ताराखसे लगायतका मन्दिरहररुमा महिलाहरु भेला भएर तिज मनाइरहेका छन । जिल्लाका विभिन्न ठाउँमा तिज मनाईरहेका महिलाहरुले सामाजिक […]

आजपनि न्यून चापीय रेखाको प्रभाव कायमै, देशका अधिकांश स्थानमा पानी पर्ने

मौसम पूर्वानुमान महाशाखाले आजपनि देशका अधिकांश स्थानमा मौसम बदली रहने बताएको छ । महाशाखाले जारी गरेको मौसम सम्बन्धी बुलेटिन सार्वजनिक गर्दै महाशाखाले हाल नेपालमा भारतको मध्य प्रदेश आसपासमा अवस्थित न्युन चापिय क्षेत्रको प्रभाव रहेको र मनसुन न्यून चापिय रेखा औसत स्थान नजिक रहेको बताएको हो। हाल देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं. १, प्रदेश […]

तीजको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना

राष्ट्रपति विद्यादेवी भण्डारीले हिन्दु नारीहरुको महान पर्व तीजको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीबाट जोगिन सरकारले लागू गरेको स्वास्थ्यसम्बन्धी नियमको पालना गर्दै नेपाली महिलाको महान् पर्व हरितालिका मनाउन आग्रह गर्नुभएको छ ।सांस्कृतिक र धार्मिक पर्वका रूपमा हरितालिका तीजको नेपाली समाजमा महत्त्वपूर्ण स्थान रहेको भन्दै उहाँले पर्वको मौलिकता कायम […]

वागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार,रामेछापका पौडेल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री

बागमती प्रदेशकी मुख्मन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रीमण्डल विस्तार गर्नुभएको छ । मुख्मन्त्री शाक्यले बुधबार ६ मन्त्री र ४ जना राज्यमन्त्री नियुक्त गर्नुभएको हो ।नवगठित मन्त्रिपरिषदमा डा. अजय क्रान्ति शाक्यलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी दिइँदा केशवराज पाण्डेलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मा दिइएको छ । यसैगरी, रचना खड्का आर्थिक मामिला तथा योजना, विजय सुवेदी सामाजिक […]

रामेछापका शान्ति प्रसाद पौडेल सहित बाग्मती प्रदेशमा थपिए १० मन्त्रीहरु

रामेछापबाट बागमती प्रदेशसभा सदस्यमा प्रत्यक्ष निर्वाचित शान्ति प्रसाद पौडेल बागमतीको मन्त्री बन्नुभएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पौडेललाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा नियुक्त गर्नुभएको हो । अन्तिममा माधव नेपाल छाडेर एमालेमा बस्नुभएका पौडेलले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाउँनुभएको हो । यस्तै, माधव नेपाल छाडेर एमालेमा बसेकी रचना खड्का आर्थिक मामिला […]

बागमती प्रदेशका १ सय ८३ जना स्थानीय जनप्रतिनिधिले रोजे एकीकृत समाजवादी पाटी

बागमती प्रदेशमा एमालेका ५६ जना सांसद मध्ये १३ सांसदले एकीकृत समाजवादी पार्टी रोजेपछि एमालेको सरकार अल्पमतमा परेको छ । त्यस्तै १ सय ८३ जना स्थानीय जनप्रतिनिधिले एकीकृत समाजवादी पार्टी रोजेका छन् । रामेछापका ५ सहित यस प्रदेशका १ सय ८३ जना स्थानीय जनप्रतिनिधिले एकीकृत समाजवादी पार्टी रोजेका हुन । एमाले विभाजित भएर एकीकृत समाजवादी बनेपछि […]

मौसम पूर्वानुमान महाशाखाद्धारा आगामी तीन दिनसम्मको बुलेटिन सार्वजनिक

मौसम पूर्वानुमान महाशाखाले आज पनि केही प्रदेशमा भारी वर्षाको सम्भावना रहेको बताएको छ । मौसम पूर्वानुमान महाशाखाले आज बिहान आगामी तीन दिनसम्मको बुलेटिन सार्वजनिक गर्दै आज देशका चारओटा प्रदेशका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको बताएको हो । आज बिहान देशभर सामान्यदेखि पूर्णतया वदली रही प्रदेश १, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै […]

चाडपर्व लक्षित सुपथ मूल्य पसल असोज १ गतेदेखि सञ्चालनमा आउने

सरकारलेचाडपर्वलाई लक्षित गरी सुपथ मूल्य पसल असोज १ गतेदेखि सञ्चालन गर्ने भएको छ । दसैँ तिहार, छठजस्ता चाडपर्व नजिकिएसँगै सरकारले सहुलियत पसलसँगै बजार अनुगमन, यात्रु व्यवस्थापनलगायत कार्य सुरु गर्ने तयारी गरेको छ। मुख्यसचिवको नेतृत्वमा हिजो सम्पन्न बैठकले सार्वजनिक यातायातको भाडादर, यात्रुसिट क्षमताका आधारमा अनलाइन टिकेटिङ र कोभिडसम्बन्धी स्वास्थ्य मापदण्डको पालना गरी सहज यात्रा व्यवस्थापनलगायतका कार्य […]

एकीकृत समाजवादीमा रामेछापका पाँच जना जनप्रतिनिधिहरुले गरे सनाखत

रामेछापका ४ जना जनप्रतिनिधिहरुले नेकपा एकीकृत समाजवादी रोजेका छन । जिल्लाको मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेत सहित चार जना जनप्रतिनिधिहरुले नेकपा एकीकृत समाजवादीमा रहने भन्दै सनाखत गरेका हुन् । उनिहरुले आज जिल्ला निर्वाचन कार्यालय पुगेर सनाखत गराएको जिल्ला निर्वाचन कार्यालय रामेछापले जानकारी दिएको छ । आज ४ जना र केहि दिन अघि एक […]