रामेछाप बजारमा लाग्दै आएको विहिबारे हाट बन्द

रामेछाप बजारमा लाग्दै आएको विहिबारे हाट बन्द

रामेछापको पुरानो सदरमुकाम रामेछाप बजारमा साप्ताहिक रुपमा लाग्दै आएको विहिबारे हाट बन्द भएको छ । रामेछाप नगरपालिकामा कोराना भाईरसको संक्रमण तिव्र रुपमा बढ्दै गइरहेको भन्दै नगरपालिकाले संक्रमण नफैलियोस भनेर विहिबारे हाट बन्द गरिएको एक सुचना प्रकाशित गरी जानकारी गराएको छ ।

नगरपालिकाले वडा नम्बर ३ साँघुटार बजारमा लाग्दै आएको शनिबारे हाट पनि बन्द गरेको छ । अर्को सुचना जारी नभसम्मको लागी हाट बन्द रहने नगरपालिकाले जनाएको छ ।कृषकहरुले उत्पादन गरेको हरियो फलफुल तथा तरकारी हरेक दिन विहान रामेछाप बजारमा ल्याएर बेच्न नगरपालिकाले अनुरोध गरेको छ ।

नागरिकलाई भिडभाड नगर्न,स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न,माक्स लगाउन नगरपालिकाले सुचना मार्फत आग्रह गरेको छ । गत हप्ताको विहिबार रामेछाप बजारमा निकै भिडभाडसँगले हाट लागेको थियो । “कोरोना संक्रमण बढिरहँदा रामेछापको विहिबारे हाटमा भिडभाड,रामेछाप नगरपालिका मौन” शिर्षको समाचार ईरामेछाप डटकममा प्रकाशित भएको थियो । यहि समाचारको प्रभावले नगरपालिकाले हाट बन्द गरेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार