नगरपालिकाको एक कोठामा रामेछापका खत्री मृत अवस्थामा भेटिए

नगरपालिकाको एक कोठामा रामेछापका खत्री मृत अवस्थामा भेटिए

काठमाडौंको कीर्तिपुर नगरपालिकामा रामेछापका एक जना व्यक्ति मृत अवस्थामा भेटिएका छन् । नगरपालिकाको एक कोठामा गएराति सुतेका रामेछापका ३६ वर्षीय शंकर खत्री मृत अवस्थामा भेटिएका हुन् ।

खाना खाएर सुतेका उनले बिहानसम्म ढोका नखोलेपछि प्रहरीलाई खबर गरिएको थियो । त्यसपछि हेर्ने क्रममा शव भेटिएको महानगरीय प्रहरी वृत्त, कीर्तिपुरका डीएसपी ठाकुरप्रसाद पोखरेलले जानकारी दिनुभयो । प्रहरीका अनुसार कोठामा भित्रबाट चुकुल लगाइएको थियो । उनी नगरपालिकाको नयाँ भवनमा रंग लगाउने काम गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार