शिक्षक,विद्यार्थी र अभिभावकलाई सांसद कान्छारामको सुझाव(भिडियो)

रामेछाप जिल्लाबाट निर्वाचित प्रतिनिधी सभाका सांसद पूर्ण बहादुर तामाङ(कान्छाराम)ले हरेक सामुदायिक विद्यालयको अवस्था खस्कदैँ गएको भन्दै विद्यालय शिक्षाको गुणस्तर सुधार गर्न आवश्यक रहेको बताउनुभयो । रामेछाप जिल्लाकै पहिलो माध्यमिक विद्यालय श्री गौरीशङकर माध्यमिक विद्यालयको ५९ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उहाँले शैक्षिक गुणस्तर सुधार गर्न आफु लागिपर्ने प्रतिबद्धता जनाउनुभयो । सक्षम र सिपयुक्त दक्ष जनशक्त उत्पादन […]

गौरीशङकर माविले मनायो ५९ औँ वार्षिकोत्सव

रामेछाप जिल्लाकै पहिलो माध्यमिक विद्यालय श्री गौरीशङकर माध्यमिक विद्यालयले विविध कार्यक्रमको आयोजना गरी सोमबार ५९ औँ वार्षिकोत्सव मनाएको छ । प्रतिनिधी सभाका सांसद पूर्ण बहादुर तामाङ(कान्छाराम)को प्रमुख आतिथ्यता र विद्यालय व्यवस्थापना समितीका अध्यक्ष कमल विक्रम कार्कीको सभापतित्वमा आयोजित कार्यक्रममा बोल्दै सांसद कान्छारामले हरेक सामुदायिक विद्यालयको अवस्था खस्कदैँ गएको भन्दै विद्यालय शिक्षाको गुणस्तर सुधार गर्न आवश्यक […]

रामेछाप बजार सुनसान,व्यवसायीहरु पलायन हुने अवस्थामा

रामेछापको पुरानो सदरमुकाम समेत रहेको रामेछाप नगरपालिकाको केन्द्र रामेछाप बजार सुनसान भएपछि व्यवसायीहरुले पलायन हुने अवस्था सिर्जना भएको भन्दैे दुःखेसो पोखेका छन् । बजारमा एक दशकभन्दा बढी समयदेखी व्यवसाय गर्दै आउनुभएका विनोद कुमार श्रेष्ठले केही वर्षअघिसम्म चल्ने पसलहरु आजभोलि सुनसान बनेको बताउनुभयो ।“बजारमा मान्छेको चहलपहल नै छैन,भद्रगोल सडक र धुलोले बजार नै कुरुप देखिएको छ […]

मन्थली नगरपालिकाले जित्यो जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि

रामेछाप जिल्लाको लिखु तामाकोशी गाँउपालिकाको वडा नं–२ स्थित सिरिसेमा शुक्रबार सम्पन्न जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि मन्थली नगरपालिकाले जितेको छ । ३ दिन सम्म चलेको प्रतियोगितामा जिल्लाका ८ वटै पालिकाका खेलाडिहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा रामेछाप नगरपालिका दोश्रो भएको छ । खाँडादेवी गाँउपालिकाले प्रतियोगितामा तृतिय स्थान हासिल गरेको होे । राष्ट्रपति रनिङ […]

जिल्ला अस्पताल रामेछापमा डायलायसिस सेवा सुरु

जिल्ला अस्पताल रामेछापले डायलायसिस सेवा सुरु गरेको छ । बिहिबार बागमती प्रदेश सरकारको सहयोगमा अस्पतालले डायलायसिस सेवा सुरु गरेको हो । मिर्गाैलासम्बन्धी रोगीलाई लक्षित गर्दै जिल्ला अस्पतालमा पहिलो पटक सेवा सुरु गरिएको अस्पताल विकास समितिका अध्यक्ष यम पाख्रिनले जानकारी दिनुभयो । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. गगन अधिकारीका अनुसार एक पटकमा ५ वटा मेसिनबाट २ जनाको […]

रामेछाप कारागारमा क्षमता भन्दा दोब्बर कैदीवन्दी

जिल्ला कारागार रामेछापमा क्षमता भन्दा दोब्बर कैदी बन्दी राखिएको पाइएको छ । जिल्लाको पुरानो सदरमुकाम रामेछाप डाँडास्थित जिल्ला कारागारमा १ सय ५० जना कैदीबन्दी राख्ने क्षमता भएपनि त्यसको दोब्बर कैदीबन्दी राखिएको छ । लामो समयदेखि फरार रहेका दोषी ठहरिएकाहरु पछिल्लो समय धमाधम पक्राउ पर्न थालेपछि जिल्ला कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी राखिएको कारागार प्रमुख रूपलाल […]

जनकल्याण मावि च्यास्कुको नवनिर्मित विद्यालय भवन उद्धघाटन

रामेछापको रामेछाप नगरपालिका वडा नं ६ मा रहेको जनकल्याण मावि च्यास्कुको नवनिर्मित विद्यालय भवनको उद्धघाटन गरिएको छ । बाग्मती प्रदेशका भौतिक पूर्वाधार मन्त्री युवराज दुलाले उक्त भवनको उद्धघाटन गर्नुभएको हो । सोही कार्यक्रममा बोल्दै उहाँले विद्यालय शिक्षाको गुणस्तर सुधार गर्नको लागी सबै लाग्नुपर्ने बताउनुभयो । हरेक सामुदायिक विद्यालयको अवस्था आफुलाई जानकारी भएको बताउँदै उहाँले विद्यालय […]

विद्यालय शिक्षाको गुणस्तर सुधार गर्न सबै लाग्नुपर्छ : मन्त्री युवराज दुलाल

बाग्मती प्रदेशका भौतिक पूर्वाधार मन्त्री युवराज दुलालले विद्यालय शिक्षाको गुणस्तर सुधार गर्नको लागी सबै लाग्नुपर्ने बताउनुभयो । रामेछाप नगरपालिका वडा नं ६ मा रहेको जनकल्याण मावि च्यास्कुको नवनिर्मित विद्यालय भवनको उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले हरेक सामुदायिक विद्यालयको अवस्था आफुलाई जानकारी भएको बताउँदै विद्यालय शिक्षाको गुणस्तर सुधार गर्न बाग्मती प्रदेश सरकारले धेरै कार्यक्रमहरु अगाडी बढाएको […]

रामेछाप सैपुमा १० औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जारी

१० औँ रामेछाप जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बुधबारदेखी भएको छ । जिल्लाको लिखुतामाकोशी गाउँपालिकामा जारी प्रतियोगिता ३ दिन सम्म चल्ने छ । लिखुतामाकोशी गाउँपालिकाको वडा नं २ सैपुमा जारी प्रतियोगिताको प्रतिनिधि सभा सदस्य पुर्ण बहादुर तामाङ (कान्छाराम) ले उद्घाटन गनुभयो । रामेछाप जिल्लाका ८ वटै पालिकाका खेलाडिहरुको सहभागिता रहेको प्रतियोगितामा भलिवल, एथलेष्टिक अन्तर्गतका […]

१५ जिल्लामा हात्तिपाइले रोग विरुद्धको औषधि सेवन अभियान आजदेखि

सरकारले आजदेखि १५ जिल्लामा हात्तिपाइले रोग विरुद्ध आम औषधि सेवन अभियान सुरु गर्दैछ । आजदेखि फागुन २५ गतेसम्म १५ जिल्लामा हात्तिपाईले रोग विरुद्ध औषधि सेवन अभियान सुरु हुन लागेको हो । कर्णालीबाहेक ६ प्रदेशका १५ जिल्लामा यो अभियान चल्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार प्रदेश १ को झापा, मोरङ, मधेस प्रदेशको […]