कार र स्कुटर ठोक्किंदा रामेछापका एक युवकको मृत्यु

भक्तपुरमा कार र स्कुटर ठोक्किंदा रामेछापका एक जनाको मृत्यु भएको छ । सोमबार दिउँसो सूर्यविनायक नगरपालिका–५ सिर्जनानगरमा काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०१.०३०चं. ०९९५ नम्बरको कार र ७३प.२८३६ नम्बरको स्कुटर ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका स्कुटर चालक रामेछापको  लिखुतामाकोशीकाका २३ वर्षीय सुजन तामाङको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी […]

रामेछापको लिखुतामाकोशी गाउँपालिका–७ मा रुखबाट लडेर पुरुषको मृत्यु

रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका वडा नं ७ घले गाउँमा रुखबाट लडेर एक पुरुषको मृत्यु भएको छ । सोही ठाउँका अन्दाजी ५०/५५ वर्षका पदम बहादुर तामाङ्गको मृत्यु भएको हो । आईतबार साँझको समयमा घर नजिकैको बारीको कान्लामा रहेको काँब्राको रुखमा घाँस झार्न चढेका उनी रुखबाट खसेको थिए । रुखबाट खसेर घाइते भएका उनी उपचारको लागी […]

वनमा आगो लगाउने रामेछापका महत पक्राउ

वनमा आगो लगाउँदै हिडेका एक युवकलाई रामेछाप प्रहरीले पक्राउ गरेको छ । ।रामेछाप नगरपालिका–३ मा रहेको कालिदेवी सामुदायिक वनमा आगो लगाउँदै हिडेका सोही स्थानका १९ वर्षीय सुवास महतलाई पक्राउ गरिएको हो । उनले वनमा आगो लगाउँदै हिडेको अवस्थामा स्थानीयले देखिपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयले दिएको सो सूचनाको आधारमा प्रहरीले महतलाई पक्राउ गरेको रामेछाप […]

रामेछापका युवा सुन्दर घिमिरे भारतमा सम्मानित

रामेछापका युवा सुन्दर घिमिरे भारतमा सम्मानित हुनुभएको छ । भारतको नयाँ दिल्लिमा संचालित पिपल्स फोरम फर राईज अफ साउथ एसिया कार्यक्रममा घिमिरे सम्मानित हुनुभएको हो । दुई दिनसम्म चलेको कार्यक्रममा विभिन्न देशका युवाहरू सँगै रामेछाप नगरपालिका वडा नं ४ स्थायी निवासी घिमिरेलाई पनि सम्मान गरिएको हो । कार्यक्रममा घिमिरेसहित लाभा मोबाइल्सका सहसंस्थापक विशाल सहगल, रजनीश […]

रामेछापका युवाले सुरु गरेको उद्योगलाई स्थानीय सरकारले सहयोग गरेन

रामेछापका युवा फोहोरबाट मोहोर बनाउने अभियानमा जुटेका छन् । प्रयोग गरिसकेको कागजजन्य वस्तुलाई अण्डा राख्ने क्यारेट बनाएर बजार क्षेत्रको सरसफाई र आर्थिक उपार्जनको अभियानमा उनीहरू लागेका हुन् । स्थानीय नागरिकलाई रोजगारीसमेत दिन सफल उद्योगलाई अहिले भने बजारमा प्रतिस्पर्धा गर्न समस्या भएको छ । रामेछापको सहरी क्षेत्रमा फालिएका कागजजन्य फोहोर जम्मा गरेर त्यसलाई पुनः प्रयोग गर्ने […]

रामेछापको सदरमुकाम मन्थलीमा स्कुटर दुर्घटना हुँदा महिलाको मृत्यु

रामेछापको सदरमुकाम मन्थलीमा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । जिल्लाको मन्थली नगरपालिका १ की ३५ वर्षीया सरस्वती माझीको दुर्घटनामा परी ज्यान गएको हो । गएराति दुर्घटनामा परि गम्भीर घाईते भएकी माझीको मन्थली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको रामेछाप प्रहरीले जनाएको छ । मृतक माझी सवार बा ७२ प ९१७२ नम्बरको स्कुटर गएराति […]

प्राथमिक तह तृतीय श्रेणीका लागि रामेछापमा ८६ जना शिक्षकको लागि आवेदन माग

शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणीका ४ हजार ४ सय ६२ शिक्षकका लागि विज्ञापन खुलाएको छ । आयोगले आज विभिन्न समूहमा सात वटै प्रदेशका लागि विज्ञापन खुला गरेको हो । सबैभन्दा धेरै बाग्मती प्रदेशमा १ हजार १ सय ३, कोशीमा १ हजार ७७, गण्डकीमा ८ सय, मधेशमा ५ सय ८, लुम्बिनीमा ४ सय ९५, […]

राष्ट्रिय दलित पत्रकार संघ रामेछापको अध्यक्षमा नवराज विक

राष्ट्रिय दलित पत्रकार संघ नेपाल जिल्ला कार्यसमिति रामेछापको अध्यक्षमा नवराज विक चयन हुनुभएको छ । शनिवार(आज) मन्थलीमा सम्पन्न भएको राष्ट्रिय दलित पत्रकार सङ्घ नेपाल जिल्ला कार्यसमिति रामेछापको दोस्रो अधिवेशनले विकको नेतृत्वमा ७ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा सञ्जना रसाइली, सचिवमा राज लोहनी, सह–सचिवमा कुमार मिजार र कोषाध्यक्षमा सम्झना उपरकुटी चयन […]

रामेछापमा आगोले जलेर गम्भीर घाईते भएकी महिलाको मृत्यु

रामेछापमा आगोले जलेर गम्भीर घाईते भएकी महिलाको मृत्यु भएको छ । जिल्लाको मन्थली नगरपालिका–११ काउले डाँडागाँउका सुरजसिंह तामाङकी ४२ वर्षीया श्रीमती साईलीमाया तामाङको खाना पकाउने क्रममा जलेर मृत्यु भएको हो । बिहिबार घरमा खाना पकाउने क्रममा उनको शरीरमा आगो सल्केको थियो । शरीरमा आगो सल्किएपछि जलेर उनी गम्भीर घाईते भएकी थिइन् । गम्भीर घाईते भएकी […]

रामेछापको खाँडादेवीमा बोलेरो गाडी दुर्घटना हुँदा १५ जना घाइते

रामेछापको खाँडादेवी गाउँपालिकामा आज(बुधबार) बोलेरो गाडी दुर्घटना भएको छ । दिउँसो अन्दाजी २ : ४५ बजेको समयमा भएको दुर्घटनामा १५ जना घाइते भएका छन । खाँडादेवी गाउँपालिका ४ सान्नेफेदी स्थित त्रिबेणी तर्फबाट सान्ने तर्फ जादै गरेको बा ६ च ९१६२ नम्बर को बोलेरो गाडी दुर्घटना भएको रामेछाप प्रहरीले जानकारी दिएको छ । गाडी गुडिरहेको अवस्थामा […]