रामेछापका युवा सुन्दर घिमिरे भारतमा सम्मानित

रामेछापका युवा सुन्दर घिमिरे भारतमा सम्मानित हुनुभएको छ । भारतको नयाँ दिल्लिमा संचालित पिपल्स फोरम फर राईज अफ साउथ एसिया कार्यक्रममा घिमिरे सम्मानित हुनुभएको हो । दुई दिनसम्म चलेको कार्यक्रममा विभिन्न देशका युवाहरू सँगै रामेछाप नगरपालिका वडा नं ४ स्थायी निवासी घिमिरेलाई पनि सम्मान गरिएको हो । कार्यक्रममा घिमिरेसहित लाभा मोबाइल्सका सहसंस्थापक विशाल सहगल, रजनीश […]

रामेछापका युवाले सुरु गरेको उद्योगलाई स्थानीय सरकारले सहयोग गरेन

रामेछापका युवा फोहोरबाट मोहोर बनाउने अभियानमा जुटेका छन् । प्रयोग गरिसकेको कागजजन्य वस्तुलाई अण्डा राख्ने क्यारेट बनाएर बजार क्षेत्रको सरसफाई र आर्थिक उपार्जनको अभियानमा उनीहरू लागेका हुन् । स्थानीय नागरिकलाई रोजगारीसमेत दिन सफल उद्योगलाई अहिले भने बजारमा प्रतिस्पर्धा गर्न समस्या भएको छ । रामेछापको सहरी क्षेत्रमा फालिएका कागजजन्य फोहोर जम्मा गरेर त्यसलाई पुनः प्रयोग गर्ने […]

रामेछापको सदरमुकाम मन्थलीमा स्कुटर दुर्घटना हुँदा महिलाको मृत्यु

रामेछापको सदरमुकाम मन्थलीमा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । जिल्लाको मन्थली नगरपालिका १ की ३५ वर्षीया सरस्वती माझीको दुर्घटनामा परी ज्यान गएको हो । गएराति दुर्घटनामा परि गम्भीर घाईते भएकी माझीको मन्थली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको रामेछाप प्रहरीले जनाएको छ । मृतक माझी सवार बा ७२ प ९१७२ नम्बरको स्कुटर गएराति […]

प्राथमिक तह तृतीय श्रेणीका लागि रामेछापमा ८६ जना शिक्षकको लागि आवेदन माग

शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणीका ४ हजार ४ सय ६२ शिक्षकका लागि विज्ञापन खुलाएको छ । आयोगले आज विभिन्न समूहमा सात वटै प्रदेशका लागि विज्ञापन खुला गरेको हो । सबैभन्दा धेरै बाग्मती प्रदेशमा १ हजार १ सय ३, कोशीमा १ हजार ७७, गण्डकीमा ८ सय, मधेशमा ५ सय ८, लुम्बिनीमा ४ सय ९५, […]

राष्ट्रिय दलित पत्रकार संघ रामेछापको अध्यक्षमा नवराज विक

राष्ट्रिय दलित पत्रकार संघ नेपाल जिल्ला कार्यसमिति रामेछापको अध्यक्षमा नवराज विक चयन हुनुभएको छ । शनिवार(आज) मन्थलीमा सम्पन्न भएको राष्ट्रिय दलित पत्रकार सङ्घ नेपाल जिल्ला कार्यसमिति रामेछापको दोस्रो अधिवेशनले विकको नेतृत्वमा ७ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा सञ्जना रसाइली, सचिवमा राज लोहनी, सह–सचिवमा कुमार मिजार र कोषाध्यक्षमा सम्झना उपरकुटी चयन […]

रामेछापमा आगोले जलेर गम्भीर घाईते भएकी महिलाको मृत्यु

रामेछापमा आगोले जलेर गम्भीर घाईते भएकी महिलाको मृत्यु भएको छ । जिल्लाको मन्थली नगरपालिका–११ काउले डाँडागाँउका सुरजसिंह तामाङकी ४२ वर्षीया श्रीमती साईलीमाया तामाङको खाना पकाउने क्रममा जलेर मृत्यु भएको हो । बिहिबार घरमा खाना पकाउने क्रममा उनको शरीरमा आगो सल्केको थियो । शरीरमा आगो सल्किएपछि जलेर उनी गम्भीर घाईते भएकी थिइन् । गम्भीर घाईते भएकी […]

रामेछापको खाँडादेवीमा बोलेरो गाडी दुर्घटना हुँदा १५ जना घाइते

रामेछापको खाँडादेवी गाउँपालिकामा आज(बुधबार) बोलेरो गाडी दुर्घटना भएको छ । दिउँसो अन्दाजी २ : ४५ बजेको समयमा भएको दुर्घटनामा १५ जना घाइते भएका छन । खाँडादेवी गाउँपालिका ४ सान्नेफेदी स्थित त्रिबेणी तर्फबाट सान्ने तर्फ जादै गरेको बा ६ च ९१६२ नम्बर को बोलेरो गाडी दुर्घटना भएको रामेछाप प्रहरीले जानकारी दिएको छ । गाडी गुडिरहेको अवस्थामा […]

रामेछाप अस्पतालमा आई पुग्यो एन्टी रेबिज भ्याक्सिन

रामेछाप अस्पताल रामेछापले रेबिज रोग विरुद्ध प्रयोग गरिने एन्टी रेबिज भ्याक्सिन ल्याई पु¥याएको छ । स्वास्थ्य सेवा विभाग टेकुले एन्टी रेबिज भ्याक्सिन पठाउन ढिला गरेपछि भैपरि आउने नागरिकको समस्यालाई मध्य नजर गर्दै अस्पतालले आफै टेकु पुगेर भ्याक्सिन ल्याएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर केशव श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो,‘रामेछापमा एन्टी रेबिज भ्याक्सिन अभावका कारण अब नागरिकलाई […]

एकै दिन रामेछापमा आगलागीबाट १७ वटा घर गोठ जले

आईतबार एकै दिन रामेछापमा आगालागीबाट १७ वटा घर गोठ जलेका छन । रामेछाप नगरपालिका वडा नं. ३ साँघुटारको ठाडा खोलामा आगलागी हुँदा ६ वटा घर जलेर नष्ट भएको छ । दिउँसो १२ बजेको समयमा जङ्गलमा लागेको आगो गाउँमा पस्दा यति धेरै क्षति भएको हो । आगलागीबाट दिर्घमान श्रेष्ठको १ वटा ढुङ्गाको छाना र २ वटा […]

रामेछाप नगरपालिका–७ डुँडेमा आगलागीबाट २ वटा घर जलेर नष्ट

रामेछापको रामेछाप नगरपालिका वडा नं. ७ डुँडेमा आगलागी हुँदा २ वटा घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । आईतबार(आज) दिउँसोको समयमा जङ्गलमा लागेको आगो गाउँमा पस्दा २ घर जलेको हो । आगलागीबाट तेज बहादुर मगरको १ वटा जस्ताको छाना भएको घर र खरले छाएको २ वटा गोठ पूर्ण रुपमा जलेको छ । रोहित हायुको […]