कोरोना रोकथामका लागि नियम पालना गर्न सर्वसाधारणलाई गृहमन्त्री थापाको आग्रह
गृहमन्त्री रामबहादुर थापाले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सुरक्षाका नियम पालन गर्न सर्वसाधारणलाई आग्रह गर्नुभएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागु गरेको बन्दाबन्दिको सबै नियम पालना गर्न उहाँले आग्रह गर्नुभएको हो । सरकारले मात्रै कोरोना रोकथाम तथा नियन्त्रणका लागि काम गरेर नहुने भन्दै सबै नागरिकले सचेतना अपनाउन आवश्यक रहेको उहाँको भनाइ छ […]