सबैको मन जितेर रामेछापबाट विदाई भए डा. आनन्द

सबैको मन जितेर रामेछापबाट विदाई भए डा. आनन्द

कोरोना भाईरस संक्रमणको उच्च जोखिममा रहेर जिल्ला अस्पताल रामेछापमा काम गर्दै आउनुभएका डाक्टर आनन्द आचार्य रामेछाप जिल्लाबाट विदाई हुनभएको छ । कोरोना संक्रमितहरुको उपचार तथा सम्भावित संक्रमितहरुको परीक्षणमा अग्रपंतिमा रहेर काम गर्दै आउनुभएका उहाँ सबैको मन जितेर विदाई हुनुभएको हो । जिल्ला अस्पताल रामेछापले डा आचर्यले यो कोरोनाको परिस्थितीमा खेल्नुभएको भुमिकाको प्रशंसा गर्दै एक कार्यक्रमको आयोजना गरी प्रशंसा पत्रसहित विदाई गरेको छ । यता रामेछाप नगरपालिकाले पनि डा आचार्यले सबैको मन जित्ने गरी काम गरेको भन्दै सम्मानका साथ विदाई गरेको छ । २ वर्षसम्म रामेछाप जिल्लामा रहेर विरामीहरुको सेवामा रातदिन नभनी खटिनुभएका डा आचार्यले रामेछापमा बसेर विरामीहरुको सेवा गरिहँदा आफुलाई कहिले पनि दिक्क नलागेको बताउनुभयो । यतिका समयसम्म रामेछापमा रहेर काम गर्दा आफुले परिवारसँगै बसेर काम गरे जस्तो अनुभव गरेको उहाँले बताउनुभयो । रामेछाप जिल्लाबाट नचाँहादा नचाहँदै आफु अर्को ठाउँमा जानु पर्ने अवस्था आएको भन्दै उहाँले फेरी पनि अवसर मिलेमा आफु रामेछापमै आउन तयार रहेको समेत बताउनुभयो । मिलनसार , मेहेनती र सबैसँग समन्वय गर्न सक्ने क्षमताका डा आचार्य चितवन स्थित मुगलीन हाईवय अस्पताल पुग्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार