रामेछापका ११६ जनाको पिसिआर रिपोट आउन बाँकी,१५ जना क्वारेन्टिनमा

रामेछापका ११६ जनाको पिसिआर रिपोट आउन बाँकी,१५ जना क्वारेन्टिनमा

रामेछाप जिल्लामा मंगलबार अर्थात आजसम्म एक हजार ७७ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ परीक्षण गरिएको छ । यस मध्ये अब १ सय १६ जनाको पिसीआर रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । यसअघि विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका ३१ जना कोरोना मुक्त भएर डिस्चार्ज भैसकेका छन् भने कोरोना संक्रमित २ जनाको उपचार भैरहेको स्वास्थ्य कार्यालय रामेछापले प्रेस विज्ञप्ती मार्फत जानकारी दिएको छ ।

जिल्लामा हालसम्म ९ सय २८ जनाको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । अहिलेसम्म जिल्ला अस्पतालमा ७९ , तामाकोसी अस्पतालमा ४९ , मन्थली नगरपालिकामा ३ सय २५ , रामेछाप नगरपालिकामा १२० , उमाकुण्ड गाउँपालिकामा ६५, खाँडादेवी गाउँपालिकामा ६५ , गोकुलगंगा गाउँपालिकामा १ सय ९२, दोरम्बा गाउँपालिकामा ३४ , लिखुतामाकोशी गाउँपालिकामा ९१ र सुनापति गाउँपालिकामा ५७ जना गरी एक हजार ७७ जनाकोे पीसीआर विधिबाट कोरोना परीक्षण गर्न स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ ।

जिल्लाका १५ जना क्वारेन्टिनमा

जिल्लाको विभिन्न पालिकाहरुमा आजसम्म १५ जना क्वारेन्टिनमा रहेका छन । १ जना महिला र १४ जना पुरुष गरि १५ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य कार्यालय रामेछापले प्रेस विज्ञप्ती मार्फत जानकारी दिएको छ । मन्थली नगरपालिकामा ३ ,रामेछाप नगरपालिकामा ५ ,गोकुलगंगा गाउँपालिकामा १ र लिखुतामाकोशी गाउँपालिकामा ५ जना गरी जिल्लाभर १५ जना क्वारेन्टिनमा रहेका छन् । उमाकुण्ड ,दोरम्बा , खाँडादेवी र सुनापति गाउँपालिकामा भने कोहि पनि व्यक्ति क्वारेन्टिनमा बसेका छैनन् । जिल्लामा अहिलेसम्म १ सय ४ बेडको आइसोलेशन कक्ष र ५ सय बेडको क्वारेन्टिन कक्ष स्थापना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार