रामेछापबाट २ महिना अघि काठमाडौँ गएका १ जनामा कोरोना संक्रमण पुष्टि

रामेछापबाट २ महिना अघि काठमाडौँ गएका १ जनामा कोरोना संक्रमण पुष्टि

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ९ ल्याङल्याङबाट २ महिनाअघि काठमाण्डौँ गएका एक जनामा आज कोरोना भाईरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य कार्यालय रामेछापका प्रमुख विद्या खनालका अनुसार संक्रमित व्यक्तिले विर अस्पतालमा स्वाब परीक्षण गराएका थिए । यस्तै हिजो मात्रै काठमाण्डौँमा बसोबास गर्दै आएका तर रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका र मन्थली नगरपालिकका २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । आईतबार पनि रामेछाप नगरपालिका घर भएका तर कामको सिलसिलामा काठमाडौमै बसोबास गर्दै आएका २ जनामा कोरोना संक्रमण देखिएको थियो ।

थप आठ सय५५ जनामा कोरोना सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप ८५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ११ हजार ३ सय २७ स्वाब परीक्षण गर्दा ८५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । आजसम्म कुल सङ्क्रमितको सङ्ख्या ३३ हजार ५ सय ३३ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट निको भई ३ सय १३ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको कुल सङ्ख्या १९ हजार एक सय १९ पुगेको छ । आज मात्रै काठमाडौं उपत्यकामा भने २ सय ३२ जना सङ्क्रमित थपिएका छन् । काठमाडौं जिल्लामा एक सय ९९, भक्तपुरमा १४ र ललितपुरमा १९ सङ्क्रमित थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार