खाली सिलिन्डरहरु उद्योगसम्म पु¥याइदिन स्वास्थ्य मन्त्रालयको आग्रह

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजनका धेरै खाली सिलिन्डरहरु व्यक्तिका घर, टोल र आइसोलेसन सेन्टरमा थुप्रिएको भन्दै ती सिलिन्डर उद्योगसम्म पु¥याइदिन आग्रह गरेको छ । विभिन्न कारणले व्यक्तिका घर, टोल, विभिन्न आइसोलेसन सेन्टर र अस्पतालमा पुगेका सिलिन्डर अक्सिजन भर्न समयमा नै उद्योगहरुमा नपुग्दा अक्सिजन आपूर्तिमा समस्या हुने भन्दै मन्त्रालयले उद्योगमा पु¥याइदिन आग्रह गरेको हो । ती […]

रामेछापमा थपिए ४६ जना कोरोना संक्रमित,आज २९ जना निको

रामेछाप जिल्लामा आज ४६ जना कोरोना संक्रमित थपिएका छ्न । दोरम्बा गाउँपालिकाका ८ जनामा पिसिआर परीक्षण मार्फत कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी जिल्ला अस्पतालमा २ जना,प्राथमिक स्वास्थ्य केन्द्रमा २ जना,रामेछाप नगरपालिकामा ७ जना, खाँडादेवी गाउँपालिकामा ३ जना, गोकुलगंगा गाउँपालिकामा १६ जना,लिखु तामाकोशी गाउँपालिकामा ५ जना,सुनापती गाउँपालिकामा २ जना र तामाकोसी अस्पतालमा १ जनामा […]

रामेछापमा आजदेखि कोरोना विरुद्धको भेरोसेल खोप लगाईदै

रामेछाप जिल्लाका आजदेखी ६२ देखि ६४ वर्षका लक्षित समुहका व्यक्तिलाई कोरोना विरुद्धको भेरोसेल खोप लगाइदै छ । जिल्लामा आजबाट थप तीन हजार जनालाई कोरोना भाइरस विरुद्धको खोप लगाइने स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्णले जानकारी दिनुभयो । आजदेखि जिल्लाको सवै स्थानीय तहका ६२ देखि ६४ वर्ष उमेर समुहका लक्षित समहका व्यक्तिलाई खोप लगाइने उहाँले बताउनुभयो […]

स्वास्थ्यकर्मीलाई कम पारिश्रमिकमा कामनलगाउन मन्त्रालयको निर्देशन

सरकारले स्वास्थ्यकर्मीलाई न्यूनतम तोकिएको पारिश्रमिक भन्दा कममा काममा नलागाउन अनुरोध गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै अस्पतालहरुले स्वास्थ्यकर्मीलाई न्यूनतम तोकिएको भन्दा कममा काममा लगाएको गुनासो बढेपछि त्यसो नगर्न आग्रह गरेको हो । मन्त्रालयले अस्पतालहरुलाई स्वास्थ्यकर्मीलाई तोकिएको न्यूनम पारिश्रमिक दिन र सबै कर्मचारीलाई सामाजीक सुरक्षा कोष अन्तर्गत अनिवार्य समावेश गर्न पनि निर्देशन […]

आजबाट कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाइँदै

नोबेल कोरोना भाइरसविरुद्धको खोप भेरोसेलको पहिलो मात्रा आजदेखि लगाइँदैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतकोखोप शाखा प्रमुख डा झलक गौतमका अनुसार काठमाडौँ उपत्यकामा ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई र काठमाडौँबाहिर ६२ देखि ६४ उमेरका व्यक्तिलाई खोप लगाइनेछ । नेपालमा ६० देखि ६४ वर्षको साढे आठ लाख जनसङ्ख्या रहेको छ । हिमाली जिल्लाका तिब्बतसँग सीमा […]

रामेछापमा थपिए २७ जना कोरोना संक्रमित

रामेछापमा जिल्लामा आज २७ जना कोरोना संक्रमित थपिएका छ्न । जिल्ला अस्पतालमा ७ जना,गोकुलगंगा गाउँपालिकामा ७ जना,दोरम्बा गाउँपालिकामा ४ जना,सुनापती गाउँपालिकामा ५ जना र तामाकोसी अस्पतालमा ४ जनामा एन्टिजिन पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । यो सँगै कोरोनाको दोश्रो लहर अन्तर्गत जिल्लामा कोरोना संक्रमित हुनेको संख्या एक हजार ६ सय २५ पुगेको […]

नेपालमा १६ जनामा कालो ढुसिको सङ्क्रमण, ४ जनाको मृत्यु

सरकारले कालो ढुसिको सङ्क्रमणको जोखिम कम गर्नका लागि समिति गठन गरेर काम अघि बढाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा १६ जनामा कालो ढुसिको सङ्क्रमण देखिएको छ भने ४ जनाको मृत्यु भइसकेको छ । मन्त्रालयले कोलो ढुसिको सङ्क्रमणको जोखिम न्यूनिकरणका लागि समिति गठन गरेर अध्ययन सुरु गरेको मन्त्रालयका सह प्रवक्ता डा.समिर कुमार […]

डेनमार्क सरकारले नेपाललाई अनुदानमा १४ लाख डोज खोप दिने

डेनमार्क सरकारले नेपाललाई अनुदानमा १४ लाख डोज खोप दिने भएको छ । डेनिस सरकारले स्वास्थ्य सेवा विभागलाई पत्र लेखेर एस्ट्राजेनेकाको खोप उपलब्ध गराउने जानकारी गराएको स्वास्थ्य सेवा विभाग, आपूर्ति व्यवस्थापन महाशाखाका भमि सिंह टिकंरीले जानकारी दिनुभयो । उहाँका अनुसार डेनिस सरकारले उपलब्ध गराउने खोपका लागि सहजीकरण गरिदिन विभागले युनिसेफलाई आग्रह गरिसकेको छ । नेपाललाई हालसम्म […]

२४ घण्टामा देशभर ६ हजार ६३६ जना कोरोना सङ्क्रमणमुक्त

२४ घण्टामा देशभर ३ हजार ४७९ जना सङ्क्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले आज नियमित जानकारीका क्रममा दिएको जानकारी अनुसार विभिन्न जिल्लामा गरिएको १० हजार ४७१ पीसीआर परीक्षणमा ३ हजार २४ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी, ३ हजार २६२ एन्टिजेन परीक्षणमा ४५५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । […]

२४ घण्टामा देशभर ५ हजार ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

गएको २४ घण्टामा देशभर ५ हजार ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ११ हजार ४ सय ७१ जनाको पीसीआर गर्दा तीन हजार ५ सय ४० जना र ५ हजार ३ सय ४३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा एक हजार ५ सय २ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै यही अवधिमा ८ […]