दसैँमा बन्द रहेको कोरोनाविरुद्धको खोप अभियान फेरि सुरु

दसैँमा बन्द रहेको कोरोनाविरुद्धको खोप अभियान फेरि सुरु

दसैँमा बन्द रहेको कोरोनाविरुद्धको खोप अभियान फेरि सुरु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दसैँको समयमा जनशक्ति अभाव हुने भन्दै दसैँ अवधिभर खोप अभियानलाई रोकिएको थियो । मन्त्रालयका सह प्रवक्ता डा.समिर कुमार अधिकारीले सरकारले लिएको लक्ष्य अनुसार खोप अभियानलाई निरन्तरता दिइएको  जानकारी दिनुभयो । गत २४ घन्टामा मात्रै देशभर २७ हजार ७ सय १ जनाले खोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार