बालबालिकाका लागि सरकारले थप १ करोड खोप ल्याउने

बालबालिकाका लागि सरकारले थप १ करोड खोप ल्याउने

सरकारले १२ वर्षदेखि १८ वर्ष मुनिका बालबालिकाका लागि थप १ करोड खोप ल्याउने भएको छ । अमेरिकाको मोडर्ना र फाइजर एण्ड बायोएनटेकले विकास गरेको कोरोनाविरुद्धको थप १ करोड मात्रा खोप सरकारले ल्याउने तयारी गरेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले ५० लाख बालबालिकालाई पुग्नेगरी सरकारले अमेरिकाबाट मोडर्ना र फाइजरको खोप खरिदका लागि तयारी गरेको बताउनुभयो ।

यसअघि सोमवार अमेरिकाले नेपाललाई अनुदानमा उपलब्ध गराएको फाइजरको १ लाख ६ सय २० मात्रा खोप सरकारले कात्तिक २८ गतेबाट लगाउने तयारी गरेको छ । जसका लागि देशभर २४ वटा खोप केन्द्र निर्धारण गरिएको छ ।

यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाविरुद्धको खोपमा कमी हुन नदिन सरोकारवाला निकायलाई निर्देशन दिनुभएको छ ।

हिजो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको बैठकमा प्रधानमन्त्री देउवाले कोरोना नियन्त्रण र खोप वितरणलाई प्रभावकारी बनाउन निर्देशन दिनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार