अशक्त, असहाय र ज्येष्ठ नागरिकलाई बैङ्क खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न रामेछाप प्रशासनको निर्देशन

जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लास्थित सबै बैङ्क तथा शाखाहरूलाई अशक्त, असहाय र ज्येष्ठ नागरिकको बैङ्क खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य नगरी सहजता गर्न निर्देशन दिएको छ । प्रशासनले जारी गरेको निर्देशनपत्रमा सामाजिक सुरक्षा भत्ता प्रयोजनका लागि खाता खोल्न आउने सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र नभएको आधारमा सेवा अस्वीकार गरेको गुनासो आएको उल्लेख छ । नेपाल राष्ट्र बैङ्कको […]

डेँगी रोग सम्बन्धि सचेतना तथा खोज र नष्ट गर अभियान सहित रामेछाप बजार सरसफाई

डेँगी रोग सम्बन्धि सचेतना तथा खोज र नष्ट गर अभियान सहित रामेछाप बजार सरसफाई कार्यक्रम गरिएको छ । जनस्वास्थ्य कार्यालय रामेछाप र रामेछाप नगरपालिकाको कार्यालयको आयोजनामा कार्यक्रम भएको हो । सहिद स्मृति चोक देखि माथिल्लो बजार,तल्लो बजार हुँदै मानेँडाँडासम्म बजार सरसफाई गरिएको हो । नियमितरूपमा पानी परेसँगै लामखुट्टेको टोकाइबाट हुने डेङ्गु रोग फैलन सक्ने भन्दै […]

रामेछापमा मनाईयो विश्व स्तनपान सप्ताह

रामेछापमा विश्व स्तनपान सप्ताह मनाइएको छ । बुधबार(आज) जनस्वास्थ्य कार्यालय रामेछापको आयोजना तथा रामेछाप अस्पताल, रामेछाप नगरपालिका र आयुर्वेद तथा बैकल्पिक चिकित्सालय मन्थली रामेछापको समन्वयमा सप्ताह मनाइएको हो । “स्तनपानलाई प्राथामिकता दिऔः सहयोगि वातावरण निर्माण गरौँ” भन्ने मुल नाराका साथ विश्व स्तनपान सप्ताह मनाईएको जनस्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको हो । स्तनपान गराइरहेका महिलाहरुलाई स्तनपानको […]

रामपुरबासिले निशुल्क रगत पाउने,नेपाल रेडक्रससँग सम्झौता

रामेछापको रामेछाप नगरपालिका वडा नं ५ रामपुरबासिले निशुल्क रगत पाउने भएका छन । देशको जुनसुकै ठाउँमा रहेका रामपुरबासिले उपचारको क्रममा रगत आवश्यक परे निशुल्क पाउने व्यवस्था वडा कार्यालयले मिलाएको छ । वडा कार्यालय र नेपाल रेडक्रस सोसाइटीबिच रामपुरबासिलाई आवश्यक परेको बेला निशुल्क रगत उपलब्ध गराउने सहमति भएको हो । सहमति पत्रमा वडाअध्यक्ष हरिश्चन्द्र श्रेष्ठ र […]

रामेछाप अस्पतालमा प्रसुती सेवा लिने महिला बढे

रामेछाप अस्पताल रामेछापमा प्रसुती सेवा लिने महिलाको संख्या बढेको छ । गत साउनदेखी हालसम्म अर्थात यो एक वर्षको अवधिमा १ सय ७१ जना गर्भवती महिलाले प्रसुती सेवा लिएका हुन । १ सय २६ जना गर्भवती महिलाले सामान्य र ४५ जना महिलाले शल्यक्रिया मार्फत सुत्केरी सेवा लिएको अस्पतालका सिनियर मेडिकल अधिकृत सत्यम पाण्डेले बताउनुभयो । रामेछाप […]

रामेछाप पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

रामेछाप जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । राष्ट्रिय खोप कार्यक्रमको तालिका अनुसार बालबालिकाले पाउनुपर्ने सम्पूर्ण खोप लगाइसकेको सुनिश्चिततासहित पूर्ण खोप जिल्ला घोषणा गरिएको हो । जिल्लास्तरीय खोप समन्वय समिति र जनस्वास्थ्य कार्यालयले बुधबार(आज) एक कार्यक्रम आयोजना गरी सो घोषणा गरेको हो । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले जिलालाई […]

विश्व रक्तदाता दिवसको अवसरमा रामेछापमा रक्तदान र अन्तरक्रिया

विश्व रक्तदाता दिवसको अवसरमा रामेछापमा रक्तदान र अन्तरक्रिया कार्यक्रम गरिएको छ । जनस्वास्थ्य कार्यालय रामेछापले दिवसको अवसरमा रक्तदान सहित अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो । रामेछाप अस्पतालमा भएको रक्तदानमा १४ जनाले रगत दान गरेका छन । रामेछाप अस्पतालको प्राविधिक सहयोग,नेपाल रेडक्रस सोसाइटी रामेछापको समन्वय र जनस्वास्थ्य कार्यालयको आयोजनामा रक्तदान कार्यक्रम गरिएको हो । यसैगरी दिवसकै […]

रामेछाप अस्पतालमा भएको निशुल्क स्वास्थ्य शिविरमा ९ सय बढीले लिए सेवा

रामेछाप अस्पताल रामेछापमा शुक्रबार सम्पन्न भएको वृहत निशुल्क स्वास्थ्य शिविरमा ९ सय जनाले स्वास्थ्य सेवा लिएका छन । शिवरमा ५ सय १३ जना पुरुष र ३ सय ८७ जना महिलाले सेवा लिएका हुन ।  शिविरमा हार्डजोर्नी तथा नशा रोग विशेषज्ञ सेवा ११४ जना,बाल रोग विशेषज्ञ सेवा ३५ जना,स्त्री तथा प्रसूती रोग विशेषज्ञ सेवा १०५ जना […]

यहि जेठ २३ गते रामेछाप अस्पतालमा वृहत निशुल्क स्वास्थ्य शिविर हुँदै

रामेछाप अस्पतालमा यहि जेठ २३ गते वृहत निशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ । यो शिविरमा विभिन्न रोगहरुसँग सम्बन्धित विशेषज्ञ डाक्टरहरुबाट निशुल्क स्वास्थ्य परीक्षण तथा औषधी वितरण हुनेछ । रामेछाप नगरपालिका र रामेछाप अस्पतालले एक सूचना जारी गर्दै मौकाको फाइदा उठाउन बिरामीलाई आग्रह गरेको हो । स्वास्थ्य शिविरमा हार्डजोर्नी विशेषज्ञ सेवा,मानसिक स्वास्थ्य विशेषज्ञ सेवा,बाल […]

निशुल्क आँखा परीक्षण शिविरमा ६ सय बढीले लिए सेवा

रामेछापको रामेछाप नगरपालिकाले ९ वटै वडामा पुगेर निशुल्क आँखा शिविर संचालन गरेको छ । यहि वैशाख ३१ गतेदेखी जेठ ६ गतेसम्म संचालन भएको शिविरमा ६ सय बढी आँखाका बिरामीले सेवा लिएका हुन । रेयुकाई मासुनागा नेपा काभ्रेको प्राविधिक सहयोगमा शिविर संचालन गरिएको नगरपालिकाका जनस्वास्थ्य निरिक्षक विष्णु बहादुर कार्कीले बताउनुभयो । उहाँका अनुसार वडा नं १ […]