रामेछापको साँघुटारमा पोषणमैत्री स्थानीय शासन प्रवर्द्धन सम्बन्धी वडास्तरीय अभिमुखीकरण सम्पन्न

रामेछापको साँघुटारमा पोषणमैत्री स्थानीय शासन प्रवर्द्धन सम्बन्धी वडास्तरीय अभिमुखीकरण सम्पन्न

रामेछापको रामेछाप नगरपालिका वडा नं. ३ मा पोषणमैत्री स्थानीय शासन प्रवर्द्धन सम्बन्धी वडास्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

वडाका जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका, शिक्षक, स्वास्थ्यकर्मी, आमा समूहका प्रतिनिधि तथा सरोकारवालाहरूको सहभागितामा आयोजित कार्यक्रममा पोषणको महत्व, कुपोषण न्यूनीकरणका उपाय, पोषणमैत्री स्थानीय शासनका सूचकहरू तथा स्थानीय तहको भूमिकाबारे जानकारी गराइएको थियो।

कार्यक्रममा बोल्ने वक्ताहरुले सक्षम र उत्पादनशील नागरिक निर्माणका लागि पोषणमा लगानी आवश्यक रहेको उल्लेख गर्दै पोषण सुधारका लागि सबै सरोकारवालाबीच समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिएका थिए।

अभिमुखीकरण कार्यक्रममा पोषणसम्बन्धी व्यवहार परिवर्तन, गर्भवती तथा सुत्केरी महिला, शिशु र बालबालिकाको पोषण अवस्था सुधार, खाद्य सुरक्षा तथा सरसफाइका विषयमा समेत छलफल गरिएको हो ।

कार्यक्रमले वडा तहमा पोषणमैत्री वातावरण निर्माण गर्न तथा पोषणसम्बन्धी गतिविधिलाई प्रभावकारी रूपमा अगाडि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ। रामेछाप नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा कार्यक्रम भएको स्वास्थ शाखाका प्रमुख विष्णु बहादुर कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार