रामेछाप कारागारका ३५ जना कैदीले गरे रक्तदान

जिल्ला कारागार कार्यालय रामेछापमा रहेका ३५ जना कैदीले रक्तदान गरेका छन । जिल्ला कारागार कार्यालयको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा रामेछापको सहकार्यमा रक्तदान कार्यक्रम भएको हो । अस्पतालमा रगतको आवश्यकता पर्ने बिरामीलाई रगतको अभाव नहोस भनेर रक्तदान कार्यक्रम गरिएको रेडक्रस सोसाईटी जिल्ला शाखा रामेछापका सदस्य ढाल विक्रम कार्कीले बताउनुभयो । जिल्ला कारागार कार्यालय […]

रामेछाप नगरपालिका– ३ ले टोलटोलमै पुगेर नागरीकहरुको स्वास्थ्य परीक्षण गर्दै

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ३ ले टोलटोलमै पुगेर नागरीकहरुको स्वास्थ्य परीक्षण गर्ने भएको छ । वडा नं ३ ले साँघुटार स्वास्थ्य चौकीसँगको सहकार्यमा वडाको सबै टोलहरुमा पुगेर ४० वर्ष माथिका नागरीकहरुको स्वास्थ्य परीक्षण गरिने कार्यक्रम रहेको वडाअध्यक्ष दल बहादुर प्रधानले जानकारी दिनुभयो । स्वस्थ व्यक्तिमा नसर्ने रोगहरु र तिनका जोखिमहरु सममा नै पहिचान […]

रामेछापमा खुला दिसामुक्त घोषणा तर कार्यान्वयनमा समस्या

रामेछाप जिल्ला २०७५ साल जेठ २८ गते बाग्मती प्रदेशको सातौँ जिल्लाका रूपमा खुल्ला दिसामुक्त घोषणा भएको थियो । तर व्यवहारमा भने कार्यान्वयनमा आउन सकेको छैन । मानिसहरुको भीडभाड हुने स्थानमा सार्बजनिक शौचालय बनेका छैनन् भने, सरकारी कार्यालयमा भएका शौचालय समेत व्यवस्थित र सफा नभएको स्थानीय अस्मिता महताराको भनाइ छ । जिल्ला खुला दिसामुक्त घोषणा भएको […]

सेवाको गुणस्तरमा सुधार गर्दै विरामीको भरोसा बढाउन सफल जिल्ला अस्पताल रामेछाप

सरकारी स्वास्थ्य संस्थाको गुणस्तर गतिलो नहुने भन्दै उपचार र स्वास्थ्य परीक्षणका लागि नीजि अस्पताल र क्लिनीकमा जाने क्रम बढ्दो छ । तर, केही सरकारी अस्पतालले भने सेवाको गुणस्तरमा सुधार गर्दै विरामीको भरोसा बढाउन सफल पनि भएका छन् । यस्तैमध्येको एक हो जिल्ला अस्पताल रामेछाप । पछिल्लो समय गुणस्तरीय स्वास्थ्य सेवा पाउन थाले पछि जिल्ला अस्पताल […]

नाक,कान,घाँटी,नशा तथा मानसिक रोगका ५ सय बढीले लिए सेवा

जिल्ला अस्पताल रामेछापमा आइतबार (आज)  भएको नाक,कान,घाँटी,नशा तथा मानसिक रोग शिविरमा ५ सय बढीले सेवा लिएका छन । मानसिक अस्पताल पाटन लगनखेल ललितपुरमा कार्यरत मानसिक तथा नशा रोग बिशेषज्ञ डा. नबिन देबकोटा र नाक,कान,घाँटी रोग सम्बन्धित वीर अस्पताल काठमाण्डौँमा कार्यरत विशेषज्ञ डाक्टर सुधिन कायस्थले शिविरमा सेवा दिनुभएको हो । “अस्पातलमा मानसिक स्वास्थ्य सन्चालन तथा सुद्रिढिकरण“ […]

रामेछापको मन्थली नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मी सुमित्रा बर्खास्तमा

रामेछापको मन्थली नगरपालिकाले वडा नम्बर ७ को भटौली स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीलाई बर्खास्त गर्ने निर्णय गरेको छ । स्वास्थ्य संस्थामा कार्यरत सिनियर अहेब सुमित्रा श्रेष्ठ गत असार ८ गतेदेखि कार्यालयमा अनुपस्थित भएपछि उनलाई बर्खास्त गरिएको मन्थली नगरपालिकाले जानकारी दिएको छ । अहेब श्रेष्ठलाई मन्थली नगरपालिकाले वडा नम्बर ७ को भटौली स्वास्थ्य केन्द्रमा खटाएको थियो । […]

जिल्ला अस्पताल रामेछापमा भएको नशा तथा मानसिक रोग शिविरमा ७० जनाले लिए सेवा

जिल्ला अस्पताल रामेछापमा बुधबार(आज) भएको नशा तथा मानसिक रोग शिविरमा ७० जनाले सेवा लिएका छन । मानसिक अस्पताल पाटन लगनखेल ललितपुरमा कार्यरत मानसिक तथा नशा रोग बिशेषज्ञ डा. नबिन देबकोटाले शिविरमा सेवा दिनुभएको हो । “अस्पातलमा मानसिक स्वास्थ्य सन्चालन तथा सुद्रिढिकरण“ कार्यक्रम अन्तर्गत शिविर संचालन गरिएको अस्पताल विकास समितिका अध्यक्ष यम पाख्रिनले जानकारी दिनुभयो । […]

रामेछाप सदरमुकाम मन्थलीका चार औषधि पसललाई जरिवाना

रामेछाप जिल्ला सदरमुकाम मन्थलीमा चार औषधि पसललाई जरिवाना गरेको छ । शुक्रबार भएको अनुगमनमा म्याद नाघेका र प्रतिबन्धित औषधिसमेत फेला परेपछि पहिलो पटकलाई जरिवाना गरिएको घरेलु तथा साना उद्योग कार्यालय रामेछापले जनाएको छ । कार्यालयका प्रमुख सुबोधकुमार साह कर्मयोगीका अनुसार शुक्रबार मन्थलीका ७ वटा औषधि पसलमा अनुगमन भएकोमा ४ वटामा औषधिको बिक्री वितरण गर्ने ईजाजत […]

जिल्ला अस्पताल रामेछापमा भएको मानसिक रोग शिविरमा ४१ जनाले लिए सेवा

जिल्ला अस्पताल रामेछापमा बुधबार(आज) भएको मानसिक रोग शिविरमा ४१ जनाले सेवा लिएका छन । मानसिक अस्पताल पाटन लगनखेल ललितपुरमा कार्यरत मानसिक तथा नशा रोग बिशेषज्ञ डा. नबिन देबकोटाले शिविरमा सेवा दिनुभएको हो । “अस्पातलमा मानसिक स्वास्थ्य सन्चालन तथा सुद्रिढिकरण“ कार्यक्रम अन्तर्गत शिविर संचालन गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. गगन अधिकारीले जानकारी दिनुभयो । शिविरमा निद्रा […]

निजामति सेवा दिवसको उपलक्ष्यमा रामेछाप अस्पतालमा रक्तदान

निजामति सेवा दिवसको उपलक्ष्यमा जिल्ला अस्पताल रामेछापमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । बिहिवार (आज) बिहान भएको रक्तदान कार्यक्रममा १८ जनाले रक्तदान गरेका छन । रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौला सहित विभिन्न कार्यालयका प्रमुखहरुको उपस्थितीमा रक्तदान कार्यक्रम भएको हो । रक्तदान कार्यक्रममा विभिन्न व्यक्तिहरुले रक्तदान गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. गगन अधिकारीले बताउनुभयो ।