रामेछाप–५ रामपुरमा निःशुल्क आयुर्वेदिक स्वास्थ्य शिविर, १३४ जनाले लिए सेवा

रामेछाप–५ रामपुरमा निःशुल्क आयुर्वेदिक स्वास्थ्य शिविर, १३४ जनाले लिए सेवा

रामेछापको रामेछाप नगरपालिका–५ रामपुरस्थित स्वास्थ्य चौकीमा निःशुल्क आयुर्वेदिक स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविरमा १३४ जनाले निःशुल्क आयुर्वेदिक स्वास्थ्य परीक्षण तथा परामर्श सेवा लिएका छन्।

बागमती प्रदेश सरकार, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय, राष्ट्रिय निर्देशनालयअन्तर्गत आयुर्वेदिक तथा वैकल्पिक चिकित्सालय रामेछाप, मन्थलीको आयोजनामा शिविर सञ्चालन गरिएको हो। रामेछाप नगरपालिकाको कार्यालय, वडा नं. ५ को कार्यालय तथा स्वास्थ्य चौकी र रामेछाप नगरपालिका–७ स्थित आरोग्य केन्द्रको समन्वय तथा सहकार्यमा शनिबार बिहान १० बजेदेखि दिउँसो ३ः३० बजेसम्म शिविर सञ्चालन भएको थियो।

शिविरमा महिला ९४ जना र पुरुष ४० जना गरी जम्मा १३४ जनाले निःशुल्क आयुर्वेदिक स्वास्थ्य परीक्षण, स्वास्थ्य परामर्श तथा उपचारसम्बन्धी सेवा लिएका थिए।

ग्रामीण तथा स्थानीयस्तरमै आयुर्वेदिक स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको शिविरबाट स्थानीय नागरिकले सहज रूपमा स्वास्थ्य परीक्षण तथा विशेषज्ञ चिकित्सकीय परामर्श पाएको आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार