महिला स्वास्थ्य स्वयंसेविकालाई सशक्त बनाउन रामेछाप नगरपालिका-८ द्वारा मोबाइल वितरण

रामेछापको रामेछाप नगरपालिका वडा नं. ८ ले महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई लक्षित गर्दै मोबाइल फोन वितरण गरेको छ। स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी र प्रविधिमैत्री बनाउन यो पहल गरिएको वडा कार्यालयले जनाएको छ। वडाध्यक्ष सन्तोष कुमार तामाङका अनुसार ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा सहज बनाउन स्वयंसेविकाहरूको भूमिका महत्वपूर्ण रहेकोले उनीहरूलाई डिजिटल पहुँचमा जोड्न मोबाइल वितरण गरिएको हो। […]

चालक नहुँदा रामेछाप अस्पतालको एम्बुलेन्स सेवा ठप्प

रामेछाप अस्पतालमा एम्बुलेन्स चालक नहुँदा अस्पतालको एम्बुलेन्स सेवा प्रभावित बनेको छ। बिरामीलाई आकस्मिक अवस्थामा अस्पतालसम्म ल्याउन तथा अन्यत्र रेफर गर्न अत्यावश्यक मानिने एम्बुलेन्स सेवा चालक नहुँदा अवरुद्ध जस्तै बनेको हो। अस्पतालको एम्बुलेन्स चालक उमेरहदका कारण सेवा निवृत्त भएपछि अहिले एम्बुलेन्स थन्किएर बसेको हो। अस्पतालको एम्बुलेन्स नचलेपनि सुकाजोर स्वास्थ्य चौकी र मालागिरी विकास केन्द्रद्धारा संचालित एम्बुलेन्सले […]

प्रगति सार्वजनिक गर्दै जनस्वास्थ्य कार्यालय रामेछापद्वारा पत्रकारसँग अन्तरक्रिया

जनस्वास्थ्य कार्यालय रामेछापले चालु आर्थिक वर्षको हालसम्म अर्थात यो ९ महिनामा सञ्चालन भएका स्वास्थ्य कार्यक्रमहरूको प्रगति विवरण सार्वजनिक गर्दै पत्रकारहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यालयले जिल्लाभर सञ्चालन गरिएका विभिन्न स्वास्थ्य सेवा तथा जनचेतनामूलक कार्यक्रमहरूको प्रगति समीक्षा गर्दै उपलब्धि, चुनौती र आगामी योजनाबारे जानकारी गराएको हो। कार्यक्रममा मातृ तथा शिशु स्वास्थ्य, खोप सेवा, पोषण, […]

रामेछाप अस्पतालमा रोकिएको प्रसूतिजन्य शल्यक्रिया तथा भिडियो एक्सरे सेवा सुचारु

प्रादेशिक अस्पताल रामेछाप अस्पतालमा चिकित्सक अभावका कारण रोकिएको प्रसूतिजन्य शल्यक्रिया तथा भिडियो एक्सरे सेवा सुचारु भएको छ । एक महिनादेखी एम.डि.जि.पि चिकित्सक नहुँदा बन्द भएको सेवा बिहिबार(आज)देखि पुनः सुचारु भएको रामेछाप अस्पालले जनाएको छ । यो सेवा सुचारु भएसँगै गर्भवती तथा सुत्केरी महिलाहरुलाई राहत पुगेको हो । भिडियो एक्सरे तथा जटिल प्रकारको प्रसूती सेवाका लागि […]

नेपाल पत्रकार महासंघको स्थापना दिवस:रामेछापमा १२ जनाले गरे रक्तदान

पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघ आजदेखि ७१औँ वर्षमा प्रवेश गरेको छ । ७१औँ स्थापना दिवसको अवसरमा जिल्ला शाखा रामेछापले रक्तदान कार्यक्रम आयोजना गरेको हो । सदरमुकाम मन्थली स्थित देवकोटा चोकमा नेपाल रेडक्रस सोसाईटी शाखा रामेछापको प्राविधिक सहयोगमा भएको कार्यक्रममा १२ जनाले रक्तदान गरेका छन । नेपाल पत्रकार महासंघ रामेछाप शाखाका अध्यक्ष दिपक कुमार घिमिरेका […]

विशेषज्ञ चिकित्सक नहुँदा रामेछाप अस्पतालको सेवा प्रभावित

प्रादेशिक अस्पताल रामेछाप अस्पतालमा एम.डि.जि.पि र बाल रोग विशेषज्ञ चिकित्सक नहुँदा स्वास्थ्य सेवा प्रभावित भएको छ। विशेषगरी भिडियो एक्सरे सहित जटिल प्रकारको प्रसूती सेवा समेत रोकिएको छ भने बालबालिका तथा सामान्य रोगका बिरामीहरूले समयमै विशेषज्ञ सेवा नपाउँदा उपचारका लागि बाहिरका अस्पताल धाउनुपर्ने बाध्यता बढेको छ । अस्पतालमा एक महिनादेखी बाल रोग विशेषज्ञ र एम.डि.जि.पि चिकित्सक […]

रामेछाप नगरपालिकाले मनायो विश्व क्षयरोग दिवस

रामेछापको रामेछाप नगरपालिकाले विश्व क्षयरोग दिवस मनाएको छ । स्वास्थ्य शाखाको आयोजना र जनस्वास्थ्य कार्यालय रामेछापको सहयोगमा दिवस मनाइएको हो । ‘हामी क्षयरोग अन्त्य गर्छौँ : राष्ट्रिय अभियान, हाम्रो योगदान’ भन्ने मूल नाराका साथ दिवस मनाइएको हो । रामेछाप अस्पतालका डा.श्रीजन गौतमले कार्यक्रममा क्षयरोग के हो ? यो कसरी लाग्छ ? यसका लक्षणहरु के के […]

रामेछाप अस्पतालमा फिजियोथेरापी सेवा सुरु

रामेछाप अस्पतालले पहिलोपटक फिजियोथेरापी सेवा सञ्चालनमा ल्याएको छ । स्वास्थ्य सेवामा विविधता र पहुँच विस्तार गर्ने उद्देश्यसहित अस्पतालले बिहिबारदेखि नियमित रूपमा फिजियोथेरापी सेवा दिन थालेको हो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यम पाख्रिनका अनुसार सेवाबाट विशेषगरी वृद्ध तथा उपचारका लागि सदरमुकाम वा बाहिर जानुपर्ने बाध्यता भएका बिरामी लाभान्वित हुने अपेक्षा गरिएको छ । सेवा संचालनका […]

रामेछाप अस्पतालमा पहिलो पटक हड्डी भाँचिएको सफल शल्यक्रिया

रामेछाप अस्पतालमा पहिलो पटक हड्डी भाँचिएको सफल शल्यक्रिया गरिएको छ । सोमबार(आज) दुई जना बिरामीको सफलतापूर्वक शल्यक्रिया गरिएको अस्पताल प्रशासनले जनाएको छ । मन्थली नगरपालिका ६ कि ६३ वर्षीया बिमला कामीको खुट्टाको हड्डी भाचिएकोलाई स्टिल हालिएको हो । यसैगरी रामेछाप नगरपालिका ७ कि ३५ वर्षीया सावित्रा खड्का कार्कीको रड निकाल्ने कार्य गरिएको हो । अस्पतालका […]

रामेछाप अस्पतालमा फिजियोथेरापी सेवा सुरु हुँदै

रामेछाप अस्पतालमा पहिलो पटक फिजियोथेरापी सेवा सुरु हुने भएको छ । अस्पतालमा फिजियोथेरापी सेवा सञ्चालनमा आएपछि हाडजोर्नी, मांसपेशी, स्नायु तथा दुर्घटनाबाट प्रभावित बिरामीहरूलाई उपचार सेवा उपलब्ध हुने भएको हो । लामो समयदेखि फिजियोथेरापी उपचारका लागि सदरमुकाम मन्थली जानुपर्ने बाध्यता हटाउने उद्देश्यले सेवा सुरु गर्न लागिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यम पाख्रिनले बताउनुभयो । फिजियोथेरापी सेवाका […]