लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत रामेछाप नगरपालिकामा पृथक कार्यक्रम

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत रामेछाप नगरपालिकामा सोमबार(आज) देखि उपप्रमुख बाल कुमारी कार्की सहित स्वास्थ्यकर्मीको टिम वडा नं ९ ल्याङ्गल्याङ्ग पुगेको छ । सुत्केरी महिलाहरुलाई घिउ,तेल,बेबिकिट,गर्भवती महिलाहरुका लागि भिडियो एक्सरे सहितको सेवा र अपाङ्गता भएकाहरुका लागी ब्लाङ्गकेट कासेली लिएर सबै वडा पुग्ने अभियान सुरु भएको हो । वडा नं ८ र ९ का सुत्केरी […]

उमाकुण्ड गाउँपालिकामा बिरामी परेका सबैको अवस्था सामान्य

रामेछापको उमाकुण्ड गाउँपालिका अन्तर्गत रहेको केहि विद्यालयहरु र समुदाय स्तरमा ज्वरो, रुघाखोकी लगायतको बिरामीहरु संख्या बढ्दै गएको छ । विद्यार्थीहरूमा ज्वरो,रुघाखोकी जस्ता लक्षण देखिन थालेपछि स्वास्थ्य जोखिम बढेको भन्दै जनस्वास्थ्य कार्यालय,रामेछाप अस्पताल लगायतका सरकारी निकायहरुबाट आवश्यक औषधिहरुको व्यवस्थापन सहित स्वास्थ्यकर्मीको टोली उमाकुण्ड पुगेको हो । प्रिति अस्पताल,गुप्तेश्वर स्वास्थ्य चौकी र कैलेश्वर माध्यमिक विद्यालय गुप्तेश्वरमा पुगेर […]

स्वास्थ्य क्षेत्रको कार्यसम्पादन मुल्याङ्कनमा रामेछापको उमाकुण्ड गाउँपालिका पहिलो

स्वास्थ्य क्षेत्रमा गरिएको कार्यक्रमहरुको मुल्याङ्रकनमा रामेछापको ८ वटा स्थानिय तहहरुमध्ये उमाकुण्ड गाउँपालिका पहिलो भएको छ । गत बर्ष भरि गरिएका स्वास्थ्यका कार्यक्रमहरुको विभिन्न सुचकाङ्कमा गरिएको मुल्याङ्रकनमा उमाकुण्ड सर्वोकृष्ट भएको हो । आर्थिक वर्ष २०८१/८२ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको जिल्लास्तरीय वार्षिक समिक्षा गोष्ठी कार्यक्रममा ८ वटै स्थानिय तहका स्वास्थ्य शाखा संयोजकले प्रगति विवरण प्रस्तुत गरेका थिए […]

तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र रामेछापको सेवा अब नयाँ भवनबाट

रामेछापको सदरमुकाम मन्थलीमा रहेको तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्रको नव निर्मित भवन उद्धघाटन गरिएको छ । बिहिबार(आज) सो भवनको मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठ र भिजन हिमालय फाउन्डेशनका उपाध्यक्ष डा.रोमन ग्रेम्जरले संयुक्त रुपमा उद्धघाटन गर्नुभएको हो । भिजन हिमालय फाउन्डेशन स्विजरल्यान्डको आर्थिक सहयोगमा भवन निर्माण भएको हो । १ करोड ५० लाखको लागतमा निर्माण भएको […]

रामेछाप नगरपालिका ८ का सबै नागरीक स्वास्थ्य बिमामा आबद्ध

रामेछापको रामेछाप नगरपालिका वडा नं ८ का सबै नागरीक स्वास्थ्य बिमामा आबद्ध भएका छन । वडाले निशुल्क स्वास्थ्य बिमा कार्यक्रम संचालन गरेर सबै नागरीकहरुलाई स्वास्थ्य बिमामा समेटेको हो । २०७९ सालको निर्वाचनमा नागरीकसँग गरेको वाचा अनुसार वडाका सबै नागरीकको निशुल्क बिमा गर्न सफल भएको वडाअध्यक्ष सन्तोष कुमार तामाङले बताउनुभयो । ३ वर्ष अघि वडाले सुरु […]

रामेछापका पत्रकारलाई आयुर्वेद तथा वैकल्पिक चिकित्सालयबाट निःशुल्क उपचार सेवा

आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले जिल्लाका पत्रकारहरूलाई निःशुल्क उपचार सेवा दिने निर्णय गरेको छ । चिकित्सालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले पत्रकारलाई स्वास्थ्य उपचारमा विशेष सुविधा दिने उद्देश्यले यस्तो निर्णय गरेको हो । चिकित्सालय व्यवस्थापन तथा सञ्चालन समिति बैठकले पत्रकारलाई स्वास्थ्य सेवामा सहयोग गर्ने निर्णय गरेको छ । चिकित्सालयका निमित्त प्रमुख दीपक कार्कीले पत्रकारहरूलाई औषधि […]

रामेछाप अस्पतालमा पहिलो पटक एपेन्डिसाइटिसको सफल शल्यक्रिया

रामेछाप अस्पतालमा जटिल प्रकारको शल्यक्रियामा पर्ने एपेन्डिसाइटिसको सफल शल्यक्रिया गरिएको छ । अस्पतालमा पहिलो पटक एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको हो । रामेछाप नगरपालिका ८ का एक पुरुषको सोमबार सफल शल्यक्रिया गरिएको अस्पताल संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष यम पाख्रिनले बताउनुभयो । अब एपेन्डिसाइटिस ,हाइड्रोशिल र हर्नियाको शल्यक्रिया रामेछाप अस्पतालमै हुने उहाँले बताउनुभयो । सर्जन डा. सुदत […]

रामेछापमा दुर्घटना न्यूनीकरणका लागि सवारी चालकहरूको स्वास्थ्य परीक्षण

रामेछापका दुर्घटना न्यूनीकरणका लागि सवारी चालकहरूको स्वास्थ्य परीक्षण गरिएको छ । मन्थली नगरपालिका–१ मा सवारी दुर्घटना न्यूनीकरणका उद्देश्यले चालकहरूको स्वास्थ्य परीक्षण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी सहायक निरीक्षक सुभाष चन्द्र मण्डलले जानकारी दिनुभयो । उहाँका अनुसार शुक्रबार बिहान ७ देखि ८ बजेसम्म २६ जना चालकहरूको स्वास्थ्य परीक्षण गरिएको हो । स्वास्थ्यमा समस्या […]

रामेछापको सुनापति र उमाकुण्ड गाउँपालिकामा एकीकृत आँखा इकाई सञ्चालन हुने

आँखाका बिरामीहरुको सहजताका लागी अहिले रामेछापका पालिकाहरुमा रहेका अस्पतालहरुमा एकीकृत आँखा इकाई सञ्चालन भैरहेको छ । तिलगंगा आँखा प्रतिष्ठानले आफ्नो कार्यक्षेत्रका जिल्लामा प्राथमिक अस्पतालमार्फत आँखा सेवा विस्तार गर्ने नीति अनुसार जिल्लाको सुनापति र उमाकुण्ड गाउँपालिकामा पनि एकीकृत आँखा इकाई सञ्चालन गर्न सम्झौता गरेको हो । यसका लागि तिलगंगा आँखा प्रतिष्ठान, तिलगंगा जिल्ला सर्जिकल आँखा केन्द्र, […]

बिरामी बोक्ने एम्बुलेन्स बर्षैँदेखी बिरामी,साँघुटारबासीलाई समस्या

रामेछाप र ओखलढुंगाका नागरीकले बिरामी हुँदा प्रयोग गर्दै आएको एम्बुलेन्स अहिले बिग्रिएर बसेको वर्षौँ भयो । रामेछाप नगरपालिका वडा नं ३ साँघुटारका लागी सांसद पूर्ण बहादुर तामाङ्ग(कान्छाराम) ले २०७५ सालमा दिएको एम्बुलेन्स अहिले आफै बिरामी भएर बसेको हो । २०७९ साल माघदेखी साँघुटार बजारमा बिग्रिएर थलिएको एम्बुलेन्स अहिले पनि थलामै छ । गोठगाउँ,हिमगंगा,साँघुटार सहित ओखलढुंगाको […]