आजपनि देशका अधिकांश स्थानमा पानी पर्ने, भोलिबाट मौसम सुधार हुने

आजपनि देशका अधिकांश स्थानमा पानी पर्ने, भोलिबाट मौसम सुधार हुने

मौसम पूर्वानुमान महाशाखाले आजपनि देशका अधिकांश स्थानमा वर्षा हुने बताएको छ । अहिलेपनि देशको अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको माहाशाखाले जनाएको छ । महाशाखाका अनुसार प्रदेश नं. १, प्रदेश नं. २, बागमती प्रदेश तथा सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित भारी र बाँकी प्रदेशका एक–दुई स्थानहरुमा मेघ गर्जन÷चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।

यस्तै आजराति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। प्रदेश नं. १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । महाशाखाका मौसमविद् मिनकुमार अर्यालले भोलि दिउँसोदेखि देशको अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको बताउनुभयो ।

उहाँले भोलिदेखि मौसममा सुधार आउने भन्दै अझै केहिदिन वर्षाको सम्भावना रहेको पनि जानकारी दिनुभयो । यस्तै आजराति देशको धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै सबै प्रदेशका थोरै– थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु पनि उहाँले आग्रह गर्नुभयो ।

यसैबीच लगातारको झरीपछि आठ जिल्लाका झण्डै ४ सय जनालाई सुरक्षित ठाउँमा सारिएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कञ्चनपुर, कैलाली, दाङ, रुपन्देही, नवलपरासी सुस्ता पूर्व, नवलपरासी वर्दघाट सुस्ता पश्चिम, चितवन र महोत्तरी लगायतका जिल्लामा झण्डै ४ सय जनालाई सुरक्षित स्थानमा सारिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार