गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

हाल मनसुनी न्यून चापीय रेखा नेपालको पश्चिमी भू–भागमा तराई नजिक रहेको छ भने पूर्वी भू–भागमा तराई भन्दा केही पर दक्षिण तिर रहेको छ।

बङ्गालको खाडीको उत्तर पश्चिमी भागमा निम्न चापीय प्रणाली पनि रहेको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ।

लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा मेघ गर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार