वडा अध्यक्षको निधनमा रामेछापको गोकुलगंगा गाउँपालिकामा आइतवार शोक बिदा

वडा अध्यक्षको निधनमा रामेछापको गोकुलगंगा गाउँपालिकामा आइतवार शोक बिदा दिएको छ । गाडी दुर्घटनामा वडा अध्यक्ष रामचन्द्र बस्नेतको निधन भएपछि गोकुलगंगा गाउँपालिकाले आइतबार(भोली) शोक बिदा दिने निर्णय गरेको छ । शुक्रवार काठमाडौँबाट गोकुलगंगा गाउँपालिका वडा नं ४ बेताली आउँदै गर्दा सोही वडाका वडाध्यक्ष रामचन्द्र बस्नेतसहित ५ जनाको घटनास्थलमै मृत्यु भएपछि पालिकाले शनिवार एक शोक पत्र […]

रामेछापको गोकुलगंगा गाउँपालिकाले लोकसेवा तयारी कक्षा संचालन गर्ने

रामेछापको गोकुलगंगा गाउँपालिकाले लोकसेवा तयारी कक्षा संचालन गर्ने भएको छ । पालिकाका नागरिकहरूका लागि लोकसेवा तयारी कक्षा संचालन गर्न लागेको गाउँपालिकाले जानकारी दिएको छ । निजामती सेवामा प्रवेश गर्ने चाहना भएर पनि आर्थिक अभावले पढ्न नसकेका गरिब, दलित, द्धन्द्धपीडित, आदिवासी, जनजाति, सीमान्तकृतलगायतका लक्षित वर्गलाई माथि उठाउन छात्रवृत्ति दिएर लोकसेवा पढाउन लागिएको गाउँपालिकाले जनाएको छ । […]

पहिलो चौमासिकमा मन्थली नगरपालिकाको खर्च १५.५५ प्रतिशत मात्रै

रामेछापको मन्थली नगरपालिकाले चालु आर्थिक वर्षको हालसम्म जम्मा बजेटको १५.५५ प्रतिशत मात्रै रकम खर्च गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्षको साउनदेखि कात्तिक महिनासम्म जम्मा बजेट १ अर्ब १ करोड ९७ लाख ८१ हजार रहेकोमा १५.५५ प्रतिशत मात्रै रकम खर्च गरेको हो । यो अवधिसम्म चालु तर्फ ७० करोड ४ लाख ५५ हजार बजेट रहेकोमा […]

पहिलो चौमासिकमा रामेछाप नगरपालिकाको खर्च १४.३८ प्रतिशत मात्रै

रामेछापको रामेछाप नगरपालिकाले चालु आर्थिक वर्षको हालसम्म जम्मा बजेटको १४.३८ प्रतिशत मात्रै रकम खर्च गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्षको साउनदेखि कात्तिक महिनासम्म जम्मा बजेट ७६ करोड ८८ लाख ६९ हजार ५ सय ५१ रहेकोमा ११ करोड ५ लाख ९० हजार ५ सय ७३ रुपैयाँ ९४ पैसा अर्थात १४.३८ प्रतिशत मात्रै रकम खर्च गरेको […]

‘नमुनादीप कप’ भलिबल आइतबारबाट सैपुमा हुँदै,राज्यमन्त्रीले उद्घाटन गर्ने

दशौं संस्करणको ‘नमुनादीप कप’ भलिबल प्रतियोगिता आइतबारबाट सैपुमा सुरु हुने भएको छ। नमुनादीप युवा क्लबले गर्ने पालिकास्तरीय भलिबल प्रतियोगिता कार्तिक ११, १२ र १३ गते हुने अध्यक्ष राजन बस्नेतले जानकारी दिनुभयो। लिखु तामाकोशी गाउँपालिका-२ सैपुस्थित अरुणोदय माविको प्रांगणमा हुने प्रतियोगिता तयारीको अन्तिम चरणमा पुगेको बस्नेतको भनाई छ। प्रतियोगितामा पालिकाभित्रका खेलाडीमात्र समावेश गरेर स्थानीय तह, क्लब/संस्थाले […]

रामेछापमा यहि कार्तिक ११ र १२ गते खुल्ला पुरुष फुटबल प्रतियोगिता हुँदै

रामेछाप जिल्लाको पुरानो सदरमुकाम समेत रहेको रामेछाप नगरपालिका वडा नं ८ टुँडिखेलमा खुल्ला पुरुष फुटबल प्रतियोगिता हुने भएको छ । शैले शिखर युवा क्लब रामेछाप नगरपालिका ७ सिम्लेको आयोजना र डि.आर.एम अटो स्पेयर पार्ट एण्ड वर्कशपको सह आयोजनामा प्रतियोगिता हुन लागेको हो । यहि कार्तिक ११ र १२ गते दुई दिन चल्ने प्रतियोगितामा प्रथम,द्धितिय र […]

रामेछाप अस्पतालमा हरेक महिना विशेषज्ञ चिकित्सकले सेवा दिने 

रामेछाप अस्पताल रामेछापमा हरेक महिनाको १ दिन विशेषज्ञ चिकित्सकले सेवा दिने भएका छन । अस्पतालमा विशेषज्ञ/विशिष्टिकृत सेवा विस्तार गर्न हरेक महिनाको १ दिन विशेषज्ञ चिकित्सक सहितको ओ.पि.डी सेवा संचालन गर्न लागिएको अस्पतालले एक सूचना मार्फत जानकारी दिएको छ । यहि कार्तिक ४ गते आइतबार मुटु रोग विशेषज्ञ,स्त्री रोग विशेषज्ञ,पेट आन्द्रा तथा कलेजो रोग विशेषज्ञ,मानसिक तथा […]

खुर्कोट पुलको निर्माण सकियो,शनिबारदेखी नै सवारी संचालन गर्ने तयारी

रामेछाप र सिन्धुलीलाई जोड्ने खुर्कोटको पुलको निर्माण सकिएको छ । गत असोज ११ र १२ गते परेको अविरल वर्षाका कारण खुर्कोटको पुल सुनकोसी नदीले बगाएको थियो। बुधबार साँझ खुर्कोटको पुलमा बेलिब्रिज जोड्ने काम सम्पन्न भएको सिन्धुलीको गोलन्जोर गाउँपालिकाका प्रवक्ता एवं वडा नं ७ का वडा अध्यक्ष रेगनराज थापाले बताउनुभयो । उहाँले भन्नुभयो,‘बेलिब्रिज वारीपारी जोड्ने काम […]

चाड पर्वमा आपराधिक क्रियाकलाप हुन सक्ने भन्दै सबै सचेत रहन प्रशासनको आग्रह

चाड पर्वमा आपराधिक क्रियाकलाप हुन सक्ने भन्दै सबै सचेत रहन रामेछाप प्रशासनले आग्रह गरेको छ । नेपालीहरूको महान् चाड पर्वहरू दशै, तिहार लगायतका मुख्य चाड पर्वमा बजारमा हुन सक्ने सम्भावित कालोबजारी, म्याद गुज्रेका सामानको बिक्री वितरण, अवैध मदिराको बिक्री वितरण, जुवातास खेल्ने/खेलाउने, चोरी–लुटपाट जस्ता आपराधिक क्रियाकलाप हुन सक्ने भन्दै सबै सचेत प्रशासनले आग्रह गरेको हो […]

रामेछापमा सामाजिक संजालबाट ठगिनेको संख्या बढ्दो,सचेत रहन प्रहरीको आग्रह

रामेछापमा पनि सामाजिक सञ्जालमार्फत हुने ठगी धन्दामा पिडित हुनेको संख्या बढ्दै गएको छ । फेसबुक, ह्वाट्स एप्स, ईस्टाग्रामलगायतका सामाजिक सञ्जालमार्फत ठगिनेको संख्या लगातार बढ्दै गएको प्रहरीले जनाएको छ । पछिल्लो समय ह्याकरहरुले अरुको फेसबुक, फेसबुक पेज, जीमेल लगायत संजाल ह्याक गरी म्यासेज पठाई पैसा माग्ने गरेको र चिनजानको साथीलाई साँच्चै समस्या परेको भन्ठानेर पैसा ट्रान्सफर […]