रामेछापका ४३ जनाले जिते कोरोना, १३ जनाको उपचार जारी

रामेछापका ४३ जना संक्रमितले कोरोना भाइरस (कोभिड १९) लाई जितेका छन् । विभिन्न समयमा गरि कोरोना संक्रमण पुष्टि भएका ५६ जना मध्ये ४३ जना कोरोना मुक्त भएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । अब जिल्ला अस्पतालमा २ जना , मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा ६ जना र रामेछाप नगरपालिकाको आइसोलेशनमा ५ जना गरि १३ जना […]

नेपालमा कोरोना भाइरसको संक्रमणबाट ४०१ जनाको मृत्यु

नेपालमा कोरोना भाइरसको संक्रमणबाट ४०१ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा साता महिला र चारजना पुरुषको संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा काठमाडौं उपत्यकाका मात्र पाँचजना रहेका छन् । काठमाडौंका ७७ वर्षीया महिला र ७५ वर्षीय पुरुष, ललितपुरका ७६ र ६८ वर्षीया महिला तथा ललितपुरकै ६० वर्षीय […]

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३९० पुग्यो, आज मात्रै ७ जनाको मृत्यु

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३९० पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये ५ पुरुष र २ महिला छन् । स्वास्थ्य मन्त्रालयका अनुसार मोरङमा ६६–६६ वर्षका दुई पुरुष, काठमाडौंमा ८८ वर्षीय पुरुष र ८५ वर्षीया महिला, भक्तपुरमा ८२ वर्षीय पुरुष, ललितपुरमा ६६ वर्षीया महिला र […]

आजदेखि काठमाडौँ रामेछाप बिजुली बस सन्चालनमा

बिजुलीबाट चल्ने लामो दूरीको मिनिबस सेवा शुक्रबारबाट सञ्चालनमा आएको छ । भवलक्ष्मी इन्भेस्टमेन्ट कम्पनीले पहिलोपटक लामो दूरीमा बिजुली बस सञ्चालनमा ल्याएको हो । काठमाडौँबाट रामेछापको जिल्ला सदरमुकाम मन्थलीसम्म दैनिक रुपमा सञ्चालन गर्ने गरी आजबाट सेवाको सुरुवात भएको हो । पूर्व प्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले सेवाको सुरुवात गरेका हुन् । सेवा शुभारम्भ भएसँगै […]

रामेछाप जिल्लामा जारी निषेधाज्ञालाई खुकुलो बनाइयो

जिल्ला संकट ब्यवस्थापन केन्द्र रामेछापको मन्थलीमा बिहिबार बसेको बैठकले निषेधाज्ञा लाई केहि खुकुलो बनाउने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा बसेको बैठकले स्वास्थ्य सुरक्षाका मापदण्ड पुरा गरेर खाद्य बस्तु, दुध, तरकारी, माछामासु, स्टेशनरी र इलोक्ट्रोनिक पसलहरु साझ ५ बजे सम्म खोल्न पाइने तर होटल, रेस्टुरेन्ट बिहान ५ बजे देखि साझ ८ […]

रामेछाप र मन्थली नगरपालिकालाई गुनासो तथा सुझाब संकलन पेटिका हस्तान्तरण

जिल्ला प्रहरी कार्यालय रामेछापले जिल्लाका प्रहरीहरुले गरेका कामप्रतिको गुनासो तथा सुझाब संकलन गर्ने पेटिका रामेछाप र मन्थली नगरपालिकालाई हस्तान्तरण गरेको छ । प्रहरी कर्मचारीहरु सँग सम्बन्धीत गुनासो तथा सुझाब संकलन गर्न गुनासो तथा सुझाब संकलन गर्ने पेटिका हस्तान्तरण गरिएको रामेछाप प्रहरीका प्रमुख बसन्त पाठकले जानकारी दिनुभयो । उक्त पेटिका रोमछाप नगरपालिकाका प्रमुख नर बहादुर थापा […]

लामो दुरीका सवारी साधन आजबाट सञ्चालनमा

कोरोना भाईरस कोभिड १९ का कारण ६ महिनादेखि बन्द रहेका लामो दुरीका सवारी साधन आजबाट सञ्चालनमा आएका छन् । नेपाल यातायात व्यवसायी महासंघ र तीनवटा मजदुर ट्रेड युनियनले संयुक्त रुपमाहिजो विज्ञप्ति जारी गर्दै लामो, छोटो दुरीका सबै गाडी सञ्चालनमा आउने जनाएका हुन् । आवश्यक स्वास्थ्य मापदण्ड अपनाउँदै सवारी सञ्चालन गरिने नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका […]

आज नेपालमा थपिए अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित

पछिल्लो २४ घन्टामा नेपालमा थप १५ सय ३९ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १५ सय ३९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो एकैदिनमा भेटिएको अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित हो । मन्त्रालयका अनुसार १० हजार ४९४ जनाको पीसीआर परीक्षण गर्दा […]

घरघरमा दिप प्रज्वलन गरि संविधान दिवस मनाउन रामेछाप प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय रामेछापले घरघरमा दिप प्रज्वलन गरि संविधान दिवस मनाउन आग्रह गरेको छ । रामेछाप प्रशासनले बुधबार एक सूचना जारी गरि नेपालको संविधान २०७२ जारी भएको दिनको उपलक्ष्यमा असोज २, ३ र ४ गते तिनदिनसम्म विविध कार्यक्रम गरेर दिवस मनाउन आग्रह गरेको हो । हरेक वर्ष विभिन्न कार्यक्रम गरि संविधान दिवस मनाइदै आएकोमा यसवर्ष […]

भोलिदेखि रामेछाप सहित देशभर लामो दूरीका यातायात चल्ने

सरकारले असोज १ गते अर्थात भोलिदेखि लामो दुरीका यातायात चल्ने दिने भएको छ । असोज १ गतेबाटै आन्तरिक हवाई उडान, लामो दूरीका यातायात र होटल रेष्टुरेन्टहरु खुलाउने निर्णय सरकारले गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै लामो दूरीको यातायात असोज १ गतेदेखि नै सञ्चालनमा ल्याउने निर्णय गरिएको सरकारका नवनियुक्त प्रवक्ता […]