रामेछापका थप ५ जनामा कोरोना संक्रमण पुष्टि

रामेछाप जिल्लाका थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यहि असोज १२ गते जिल्लाबाट पिसिआर परीक्षणका लागी स्वाब संकलन गरी पठाइएका ५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । तामाकोसी अस्पताल मन्थलीमा भर्ना भएका ५ जनाको स्वाब संकलन गरि परिक्षणको लागि पठाइएको थियो । उनिहरुमा आज […]

कोरोनाका कारण नेपालमा ज्यान गुमाउनेको संख्या ५ सय पुग्यो

कोरोनाका कारण नेपालमा ज्यान गुमाउनेको संख्या ५ सय पुगेको छ । कोरोनाका कारण सुनसरी र रौतहटमा थप दुई पुरुषको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ५ सय पुगेको हो ।

कात्तिक ७ गतेदेखि कानुनबमोजिम क्लिनफिड लागु हुने प्रधानमन्त्री ओलीको दावी

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी कात्तिक ७ गतेदेखि कानुनबमोजिम विज्ञापनरहित प्रसारण सेवा (क्लिनफिड) लागू हुने बताउनुभएको छ । नवगठित मिडिया एलायन्स नेपालका अध्यक्ष भाष्करराज राजकर्णिकार नेतृत्वको टोलीलाई हिजो प्रधानमन्त्री निवास बालुवाटारमा बधाई दिँदै प्रधानमन्त्री ओलीले कानूनको पालनामा सरकार पछि नहट्ने स्पष्ट पार्नुभयो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री ओलीले सूचनाको हकसम्बन्धी […]

आज देखि काठमाडौं उपत्यकामा दशैं–तिहार लक्षित सहुलियत पसल सञ्चालन हुने

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज देखि काठमाडौं उपत्यकामा दशैं–तिहार लक्षित सहुलियत पसल सञ्चालन गर्ने भएको छ। मन्त्रालयले असोज १५ गतेदेखि मंसिर ६ गतेसम्म सहुलियत पसल सञ्चालन गर्न लागेको हो । मन्त्रालयले घुम्ती सेवा पसल, र अनलाइन मार्फत् उपत्यकाका ४९ स्थान र दुग्ध विकास संस्थानमार्फत् अत्यावश्यक सामाग्री सुपथ मूल्यमा उपलव्ध गराइने जनाएको छ।मन्त्रालयले उपभोग्य वस्तुहरुको […]

नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान जानेको संख्या ४९८ पुग्यो

नेपालमा कोरोना सङ्क्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित जानकारीका क्रममा प्रवक्ता डा. जागेश्वर गौतम आज ७ जना सङ्क्रमितको मृत्यु भएको जानकारी दिनुभयो । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान जानेको संख्या ४९८ पुगेको छ । बितेको २४ घण्टाको अविधमा देशभर १ हजार ५५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ […]

रामेछाप गोकुलगंगा घर भएका तर काठमाडौँमै रहेका २ जनामा कोरोना पुष्टि

रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका घर भएका तर हाल काठमाण्डौँ रहेका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गोकुलगंगा गाउँपालिका वडा नम्बर १ का २७ वर्षका पुरुष र वडा नम्बर ५ का २८ वर्षका पुरुषमा आज कोरोना संक्रमण पु्ष्टि भएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । उनिहरुको कोरोना परीक्षण काठमाण्डौँमै गरिएको र संक्रमितहरु अहिले […]

वाग्मती प्रदेश सरकारले कर्मचारी भर्ना गर्न सकेन

वाग्मती प्रदेश सरकारले प्रदेश लोकसेवा आयोग गठन गरे पनि कर्मचारी भर्ना गर्न सकेको छैन । पालिका र प्रदेश मातहतका मन्त्रालय र कार्यालयमा कर्मचारी भर्ना गर्नका लागि वाग्मती प्रदेश लोकसेवा आयोग गठन गरे पनि कर्मचारी भर्ना हुन नसकेको हो । प्रदेश सरकारको मुख्यमन्त्री कार्यालय र प्रदेशका विभिन्न मन्त्रालयमा कार्यरत संघीय कर्मचारीले सहयोग नगर्दा कर्मचारी भर्नामा समस्या […]

रामेछापका १५ सय जनाको पीसीआर परीक्षण, २१ जनाको रिपोर्ट आउन बाँकी

रामेछाप जिल्लामा बुधबार अर्थात आजसम्म १५ सय जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ को परीक्षण गरिएको छ । यि मध्ये १४ सय १० जनाको रिपोर्ट नेगेटिभ आएको छ भने ६९ जनाको रिपोर्ट पोजेटिभ आएको छ । अझै २१ जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । रामेछाप नगरपालिकका १६ जना […]

रामेछापका ८ वटै स्थानिय तहहरुको कोरोना खर्च,सबैभन्दा बढी खाँडादेवी र कम दोरम्बा

रामेछाप जिल्लाका ८ वटै स्थानिय तहहरुले कोरोना भाईरस रोकथाम तथा नियन्त्रणमा हालसम्म खर्च भएको रकम सार्वजनिक गरेका छन । २०७६ साल चैत्र ११ गतेदेखि नेपालमा लकडाउन भएदेखि हालसम्मको अवद्यिमा क्वारेन्टिन निर्माण तथा व्यवस्थापन,औषधि खरिद , अलपत्रमा परेका नागरीकहरुको उद्धार लगायतमा खर्च भएको रकम सार्वजनिक गरेका हुन । हालसम्म अवद्यिमा जिल्लाको खाँडादेवी गाउँपालिकाले सबैभन्दा बढी ७५ […]

विश्वभर कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या तीन करोड ३८ लाख नाघ्यो

विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट सङ्क्रमित हुनेको सङ्ख्या तीन करोड ३८ लाख पुगेको छ ।पछिल्लो विवरणअनुसार अनुसार कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या विश्वका २ सय १५ मुलुकका गरी ३ करोड ३८ लाख ३७ हजार ७ सय ८ पुगेको छ ।यो समाचार तयार पार्दासम्म १० लाख १२ हजार ५ सय ७८ जना कोरोना संक्रमितको ज्यान गएको […]