सहमति नजिक पुग्न खोजेको (नेकपा)को एकता फेरि गम्भीर मोडमा

सहमति नजिक पुग्न खोजेको (नेकपा)को एकता फेरि गम्भीर मोडमा

नेकपाको एकता गम्भीर मोडमा, एक अर्को पक्षलाई आरोप लगाउँदै नेताहरू
सहमति नजिक पुग्न खोजेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता फेरि गम्भीर मोडमा पुगेको छ । लिखित रुपमा नेताहरू आरोप प्रत्यारोपमा लागेपछि विवाद झन गिजोलिएको छ । दुई अध्यक्षबीच बिहीबार र शुक्रबार आदानप्रदान भएका आपसी ‘आरोपपत्र’ र दाहालप्रचण्डका नाममा सचिवालय बैठकमा पेस भएको एकल दस्ताबेजले नेकपालाई दुर्घटनाको डिलमा पु¥याएको नेताहरुले नै बताएका छन् । अध्यक्ष ओली निकटस्थ नेताहरूले प्रचण्डको प्रस्तावले त्यस्तो अवस्था उत्पन्न भएको बताउन थालेका हुन् । स्थायी समिति सदस्य शंकर पोखरेलले अध्यक्ष प्रचण्डले राखेको एकल प्रस्तावले पार्टी गम्भिर मोडमा पुगेको सामाजिक सञ्जालमा टिप्पणी गर्नु भएको छ ।

उहाँले भन्नु भएको छ ‘म कमरेड प्रचण्डलाई पार्टी एकताको रक्षाका लागि बैठकमा प्रस्तुत गरिएको एकल प्रस्ताव फिर्ता गरी एकताको मर्मअनुरूप छलफललाई अघि बढाउन हार्दिक अनुरोध गर्दछु, । ’ व्यक्तिगत विचार राख्न स्वतन्त्रू भएपनि औपचारिक प्रस्ताव प्रस्तुत गर्नु पार्टी हित र नीति विपरित भएको उहाँको टिप्पणी छ । दुवै पक्षका नेताहरूले सामाजिक सञ्जालमा एक अर्का पक्षलाई विभाजनको बाटोमा अगाडी बढेको आरोप लगाएका छन् । प्रचण्डपक्षिय नेताहरुले भने सहमतिका लागि नै फरकप्रस्ताव आएको तर्क गर्न थालेका छन् । यसैबीच, पार्टीभित्र विवाद उत्कर्षमा पुगेका बेला हिजो राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।अपराह्न राष्ट्रपति निवास शीतल निवासमा भएको भेटवार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्था र नेकपाभित्र देखा परेको संकटका बारेमा कुराकानी भएको जनाइएको छ । प्रधानमन्त्री ओली कसरी अगाडि बढ्ने भनेर परामर्श गरिरहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार