गौरीशङकर माविले कक्षा ११ को परीक्षा कार्तीक २३ गतेदेखि सन्चालन गर्ने

रामेछाप जिल्लाकै पहिलो माध्यमिक विद्यालय श्री गौरीशङकर माध्यमिक विद्यालयले यहि कार्तीक २३ गतेदेखि कक्षा ११ को परीक्षा सन्चालन गर्ने भएको छ । कोभिड १९ को विश्वव्यापी माहामारीका कारण उत्पन्न परिस्थतीले गर्दा निर्धारित समयमा सम्पन हुन नसकेको २०७७ सालको कक्षा ११ को वार्षिक परीक्षा यहि कार्तीक २३ गतेदेखि सन्चालन गरिने विद्यालय प्रशासनले एक सुचना जारी गरी […]

रामेछापका १६० जनाले जिते कोरोना

रामेछापका १६० जनाले कोरोना भाईरसलाई जितेका छन । विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका १६२ जनामध्ये १६० जना निको भैसकेका छन भने २ जना संक्रमितको आईसोलेसनमा उपचार भईरहेको छ । संक्रमति १ जना जिल्ला अस्पताको आईसोलेसनमा र १ जना गोकुलगंगा अस्पतालमा उपचारत रहेको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । हिजो मन्थली नगरपालिकाका दशजना र […]

काठमाडौं उपत्यकामा बन्दाबन्दी अगाडीको भाडादर कायर्म गराउन ट्राफिक प्रहरी सक्रिय

काठमाडौं उपत्यकामा बन्दाबन्दी अगाडिको भाडादर कायम गर्न ट्राफिक प्रहरीले सक्रियता देखाएको छ। बढी भाडा लिने चालकलाई पाँच हजार रूपैयाँसम्म जरिवाना गर्न लिन थालिएको छ भने स्वास्थ्य सुरक्षाका मापदण्ड पनि पूरा गराउन थालिएको छ । लकडाउनका बेला सरकारले सिट क्षमताभन्दा ५० प्रतिशत कम यात्रु बोक्न दिँदा भाडा भने ठीक ५० प्रतिशत बढाउन भनेको थियो । तर […]

कोरोना सङ्क्रमित बिरामीले धरौटी बुझाए मात्रै उपचार हुने

नेपालमा पछिल्लो समय बढ्दै गरेको कोरोना सङ्क्रमणको दरका कारण बिरामीहरुलाई उपचार पाउन समस्या हुन थालेको छ । अस्पतालहरुले कोरोना सङ्क्रमित बिरामीहरुसँग धरौटी लिनथालेपछि सामान्यनागरिकलाई उपचारमा अप्ठयारो परेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पनि कोरोना सङ्क्रमितको उपचारका लागि धरौटी लिन थालेको छ । निश्चित वर्ग बाहेक अरुको निःशुल्क उपचार नगर्ने स्वास्थ्य तथा जनसंख्या […]

कोरोना परीक्षण निः शुल्क गर्ने सर्वोच्चको निर्णय विरुद्ध सरकार पुनरावलोकनमा जाने

सरकार सर्वोच्च अदालतले कोरोना परीक्षण निः शुल्क गर्न भनेर दिएको आदेश विरुद्ध पुनरावलोकनमा जाने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत १५ असोजमा सर्वोच्च अदालतले सबै जनताको पिसिआर परीक्षण निःशुल्क गर्नु भन्दै दिएको उत्प्रेषण र परमादेश खारेज गर्न सरकार पुनरावलोकनमा जाने भएको हो ।महामारीको रुपमा देखिएको कोरोना भाइरस परीक्षणका लागि गरिने पिसिआर निःशुल्क हुनुपर्ने […]

नेकपाभित्रको विवाद सचिवालय बैठकबाट टुङ्गो लगाइने

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र बढ्दै गएको विवाद सचिवालय बैठकबाट टुङ्गो लगाइने भएको छ । हिजो पार्टी अध्यक्षतथाप्रधानमन्त्री केपीशर्माओली र अर्का अध्यक्षपुष्पकमलदाहाल प्रचण्डबीचको भेटवार्तामा सचिवालय बैठक बोलाएर हाल देखिएका समस्याकाविषयमा छलफल गर्ने निचोड निकालिएको प्रचण्ड सचिवालयले जनाएको छ । भेटमा कर्णालीको विषय, रअ प्रमुख सामन्तगोयलको नेपालआगमन र प्रधानमन्त्रीसँग भेटवार्ताको विषयका साथै पर्सा घटना र […]

आज सामान्यतया मौसम सफा रहने पूर्वानुमान

मुलुकका अधिकांश क्षेत्रको मौसम आज सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।स्थानीय वायुको प्रभावले पहाडी क्षेत्रमा भने आंशिक बलदी हुने भएको छ । अहिले उल्लेखनीय मौसमी प्रणाली छैन, तर बिस्तारै चिसो बढ्ने क्रममा रहेको महाशाखाले जनाएको छ । आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने मौसमविदले […]

ट्राफिक प्रहरी रामेछापको सफलता यस वर्षको दशैँमा दुर्घटनामा कमी

रामेछाप जिल्लामा पछिल्लो समयमा सवारी चेक जाँचमा कर्डाई गरिएसँगै यस वर्ष दशैँमा सवारी दुर्घटनामा कमी आएको छ । यस वर्ष जिल्ला ट्राफिक प्रहरी कार्यलय रामेछापले दशैँ तिहार लक्षित विशेष सुरक्षा चेक जाँच तथा अनुगनमा कडाई गरेको थियो । यस वर्ष दशैँ तिहारको समयमा जिल्लामा मानविय क्षति हुने गरी एउटा पनि दुर्घटना नभएको जिल्ला प्रहरी कार्यालय […]

प्रविधिको दुरुपयोग गरी अश्लील गतिविधि भइरहेकाले सचेत हुन प्रहरीको आग्रह

नेपाल प्रहरीको साइबर ब्युरोले विभिन्न बहाना बनाएर प्रविधिको दुरुपयोग गरी अश्लील गतिविधि भइरहेकाले सचेत हुन ध्यानाकर्षण गराएको छ । विभिन्न व्यक्तिको ल्याण्डलाइन र मोबाइल फोनमा नम्बर नै नदेखिने तथा सामाजिक सञ्जालको नक्कली आइडी बनाएर कल गरी आफू प्रहरीको साइबर क्राइम विभागको मान्छे भएको भनी प्रविधिको दुरुपयोग गर्ने क्रम देखिएकाले सूचना जारी गरी सतर्क हुन आग्रह […]

बडादशैंको चौथो दिन आज पनि टीका र जमरा ग्रहण गर्नेक्रम जारी

बडादशैंको टीकाको चौथो दिन आजपनि बिहानैदेखि मान्यजनबाट टीका र जमरा ग्रहण गर्नेक्रम जारी रहेको छ । दशमीको दिनदेखि सुरु भएको टीका ग्रहण आज पनि निरन्तर रहेको छ । घटस्थापनाका दिन विधिपूर्वक दसैँघरमा टीका तथा जमरा स्थापना गरिन्छ । सोही टीका र प्रसाद अग्रजको हातबाट आशीर्वादका रूपमा ग्रहण गर्ने परम्परा रहेको छ । ठूलाले सानालाई टीका […]