२४ घन्टामा नेपालमा कोरोनाबाट थप १९ जनाको मृत्यु

२४ घन्टामा नेपालमा कोरोनाबाट थप १९ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घन्टामा कोरोनाभाइरसको संक्रमणका कारण थप १९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ४५४ पुगेको छ । नेपालमा पछिल्लो २४ घन्टामा थप एक हजार ३८० जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको जम्मा संख्या दुई लाख ३० हजार ७२३ पुगेको छ । मन्त्रालयकाअनुसार पछिल्लो २४ घन्टामा देशभरमा ५१५ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या दुई लाख ११ हजार १८६ पुगेको छ । हाल देशभर १८ हजार ८३ जना सक्रिय संक्रमित रहेका शनिबार मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार