जनस्वास्थ्यका मापदण्ड पालना गर्न सरकारको आग्रह

नेपालमा लगातार दोस्रो दिननिको हुनेको संख्या भन्दा नयाँ सङ्क्रमितको सङ्ख्या बढी देखिएको छ । लामो समय निको हुनेको संख्या बढी हुँदै आएकोमासोमबार बाट भने नयाँ सङ्क्रमितको सङ्ख्याले निको हुनेको संख्यालाई उछिन्न थालेको हो । निषेधाज्ञाखुकुलो बनाएसँगै सङ्क्रमितको सङ्ख्या बढिरहेको छ । गत २४ घण्टामा २हजार ६ सय ३४ जनामाकोरोनाभाइरसको सङ्क्रमण पुष्टि हुँदा एकहजार ५ सय […]

मूल्य बढाएको दुई सातापनि नबित्दै फेरि इन्धनको मूल्य बढ्यो

नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । मूल्य बढाएको दुई सातापनिनबित्दै निगमले हिजो फेरि इन्धनको मूल्य बढाएको हो ।गतअसार १० गते राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर एक सय २७ रुपैयाँबनाएको थियो । पुनः प्रतिलिटर २ रुपैयाँले बढाएर पेट्रोलको मूल्य एक सय २९ रुपैयाँ पु¥याएको छ । डिजेल÷मटितेलको मूल्यअब प्रतिलिटर […]

रामेछापमा करेन्ट लगाएर माछा मार्ने ९ जना पक्राउ

अवैध रुपमा खोलामा करेन्ट लगाएर माछा मार्दै गरेका नौ जनालाई रामेछाप प्रहरीले पक्राउ गरेको छ । जिल्लाको लिखु तामाकोसी गाउँपालिका वडा नं ६ को खिम्ती खोलामा अवैध रुपमा करेन्ट लगाएर माछा मार्दै गरेका उनिहरुलाई पक्राउ गरिएको रामेछाप प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रामेछाप र प्रहरी चौकी खिम्तीबाट खटिएको प्रहरीको टोलीले उनिहरुलाई माछा मार्न […]

रामेछापमा आज १० जना कोरोना सङ्क्रमित थपिए,जिल्लामा १३१ जना सक्रिय संक्रमित

रामेछाप जिल्लामा आज १० जना कोरोना सङ्क्रमित थपिएका छन् ।आज जिल्ला अस्पालतमा चार जना, मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा एक जना, उमाकुण्ड गाउँपालिकामा एक जना, खाँडादेवी गाउँपालिकामा दुई जना, गोकुलगंगा गाउँपालिकामा एक जना र लिखुतामाकोशी गाउँपालिकामा एक जनाको एन्टिजेन रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । योसँगै जिल्लामा कोरोना पुष्टि हुनेको सङ्ख्या दुई हजार […]

रामेछापमा बिहान ५ बजेदेखि साँझ ७ बजेसम्म होटल तथा पसल खोल्न पाइने

रामेछाप जिल्लामा जारी गरिएको निषेधाज्ञा विगतको भन्दा केही खुकुलो गरिएको छ । अब जिल्लामा सबै खाले जोर विजोर निजी तथा सर्वाजनिक सवारी साधन चल्न दिइने रामेछाप प्रशासनले जनाएको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजूको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । सवारी साधन जोर बिजोर प्रणालीमा संचालन हुँदै आएकोमा अब भने हरेक […]

रामेछाप सहित वाग्मती प्रदेशका १३ वटै जिल्लामा शीतभण्डार बन्दै

वाग्मती प्रदेशले प्रदेशका १३ वटै जिल्लामा शीतभण्डार (कोल्ड स्टोर) निर्माण गरिरहेको छ । स्थानीय सहकारी संस्था र निजी कम्पनीसँगको साझेदारीमा शीतभण्डार निर्माण कार्य अगाडि बढाइएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले छ । मन्त्रालयका अनुसार अधिकांश शीतभण्डार निर्माणको अन्तिम चरणमा छन् । यसका लागि मन्त्रालय र साझेदार संस्थाहरूसमेतको गरी ९७ करोड ८३ लाख ६३ हजार रुपैयाँ लगानी भएको […]

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको उद्घाटन

बहुचर्चित स्वदेशी लगानीको ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको छ । प्रधानमन्त्रीले बालुवाटरमा आयोजित कार्यक्रममा स्विच थिचेर आयोजनाको उद्घाटन गर्नुभएको हो । पहिलो युनिटबाट ७६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएसँगै औपचारिक रुपमा प्रधानमन्त्रीले उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रम आयोजना स्थलमा समेत गरिएको थियो । उद्घाटनका समयमा […]

रामेछाप सहित देशभरका धेरै ठाउँमा झरी

आज प्रदेश-१, प्रदेश-२, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार केही ठाउँमा  मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । धेरै ठाउँमा रातिदेखि नै झरी परिरहेको छ । प्रदेश-१, प्रदेश-२, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै ठाउँमा तथा कर्णाली र सुदूरपश्चिम […]

बाढिले खानीखोलाको झोलुङ्गे पुल बगायो

तीनदिन देखिको अविरल वर्षादका कारण खानीखोलाको पुृलमा क्षति पुगेको छ । रामेछापको सुृनापति गाउंपालीका १ को गुन्सि र बडा नं ३ को हिलेदेवीलाई जोड्न्े उक्त पुलमा विहिबार राति आएको अविरल वर्षादका कारण क्षति पुगेको हो । बाढिले पुलको एकापटिको जीपमा क्षति पुगेको छ । सुनापति गाउँपालीकाका प्रमुख प्रशासकिय अधिकृत कमल श्रेष्ठका अनुसार – हाल वर्षाद […]

असार १५ सम्म आईपुग्दा रामेछापमा यस वर्ष १५ प्रतिशत खेतमा मात्रै रोपाँई

असार १५ सम्म आईपुग्दा रामेछापमा यस वर्ष १५ प्रतिशत खेतमा मात्रै धान रोपाँई भएको छ । कृषि ज्ञान केन्द्र रामेछापका अनुसार हालसम्म जिल्लामा जम्मा १५ प्रतिशत खेतमा मात्रै धान रोपाँई भएको हो । जिल्लाको गोकुलगङ्गा गाउँपालिका लगाएतका क्षत्रमा गरी लगभग १५ प्रतिशत खेतमा रोपाई भएको कृषि ज्ञान केन्द्र रामेछापकी प्रमुख निर्मला गुरुङले जानकारी दिनुभयो । […]