विद्याकीदेवी सरस्वतीको पूजा–आराधना गरी श्रीपञ्चमी पर्व मनाइँदै

विद्याकीदेवी सरस्वतीको पूजा–आराधना गरी श्रीपञ्चमी पर्व मनाइँदै

आज माघ शुक्ल पञ्चमी, विद्याका अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी श्रीपञ्चमी पर्व मनाइँदै छ।विद्या र सिर्जनाका देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्ने गर्छन्।

सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन्।सूर्य उत्तरतिर लागेर दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ। आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ।आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही) जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ। यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्ने पनि चलन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार