रामेछापमा परालको गुन्द्रीको प्रयोग हराउँदै जाँदा पुराना पुस्ता चिन्तित

रामेछापमा परालको गुन्द्रीको प्रयोग हराउँदै जाँदा पुराना पुस्ता चिन्तित

घरमा पाहुना आउँदा प्रयोग हुने परालको गुन्द्री हराउँदै जाँदा पुराना पुस्ता चिन्तित बनेका छन् । आधुनिकतासँगै रामेछापमा तान लगाएर बुनिने परालको गुन्द्रीको सट्टा प्लास्टिकजन्य गुन्द्रीको प्रयोग बढ्न थालेको छ । हिन्दु संस्कारमा चोखो निधो कार्यमा परालको गुन्द्रीको प्रयोग गर्ने परम्परा छ ।

पहिले घरमा आएका पाहुनालाई नयाँ गुन्द्री निकालेर बस्न दिनुपनि प्रतिष्ठाको विषय हुनुका साथै गुन्द्री बुन्ने सीप जानेकालाई सम्मानका साथ हेरिने भएपनि अहिले प्लास्टिकले बनेका गुन्द्री र कुर्सीको प्रयोग बढ्न थालेको छ । प्लास्टिकले बनेका गुन्द्रीले बजार लिन थालेपछि गुन्द्री बुन्ने पेशा मात्रै नभइ गुन्द्री नै लोप हुन थालेका छन् ।

यसले सीप मात्रै नभइ संस्कृतिमा समेत असर पारिरहेको छ । परम्परागत सीपको रुपमा रहेको परालको गुन्द्री बुन्ने कामलाई पेशागत रुपमा विकास गर्न नपाएको पुरानो पुस्ताको गुनासो छ । स्थानीय सरकार आइसकेपछि गुन्द्री बुन्ने सीपलाई संरक्षण गर्न सकिने आशा गरिएपनि स्थानीय सरकारको चासो यसतर्फ पुग्न नसकेको भन्दै नागरिकहरूले गुनासो गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार