सिन्धुलीका निजी विद्यालयहरूले ५ महिनाको शुल्क नलिने, शिक्षकहरूले पनि तलब पाउने

निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) मा आबद्ध सिन्धुलीका निजी विद्यालयहरुले ५ महिनाको शुल्क नलिने भएका छन् । निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) सिन्धुलीले आईतवार हिजो सिन्धुलीमाढीमा पत्रकार सम्मेलनको आयोजना गरी विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसका कारण पठन पाठन नभएको ५ महिनाको कुनै पनि शुल्क नलिने घोषणा गरेको हो । कोरोना भाईरसका कारण […]

कोरोनाका कारण रोकिएका परीक्षा सञ्चालनको तयारी हुँदै

त्रिभुवन विश्वविद्यालय त्रिविले कोभिड–१९ का कारणले रोकिएका परीक्षा सञ्चालनको तयारी गरेको छ । त्रिवि कार्यकारी परिषद्, परीक्षा सुधार तथा समन्वय परिषद् र केन्द्रीय परीक्षा सञ्चालन समितिको बैठकले छठलगत्तै रोकिएका परीक्षा सञ्चालन गर्न तयारी गर्न सम्बन्धित कार्यालयलाई निर्देशन दिने निर्णय गरेको हो । त्रिविले विद्यार्थीलाई पायकपर्ने ठाउँबाट नै परीक्षा दिने वैकल्पिक व्यवस्था सहित छठलगत्तै परीक्षाको तयारी […]

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का विद्यार्थीहरुको विवरण संकलन गर्दै

नोवेल कोरोना भाइरस (कोभिड १९) महामारीका कारण परीक्षा रोकिएको बेला राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का विद्यार्थीहरुको विवरण संकलन गर्ने भएको छ ।बोर्डले परीक्षा आवेदन फाराम भरेका विद्यार्थीहरू महामारीका कारण अध्ययनरत विद्यालय भन्दा फरक जिल्ला वा स्थानमा बसिरहेका छन् वा छैनन् भन्ने विवरण संकलन गर्न लागेको हो ।विद्यार्थीहरूको विवरण सात दिनभित्र बोर्डको प्रदेश वा शाखा […]

विद्यालय शिक्षामा वैकल्पिक पद्धतिलाई मान्यता दिने सरकारको निर्णय

सरकारले विद्यालय शिक्षामा वैकल्पिक पद्धतिबाट सिकेका सिकाइलाई मान्यता दिन क्रेडिट गणना गर्ने निर्णय गरेको छ । कोभिड १९ सङ्क्रमणको जोमिखमका कारण विद्यालयहरु सञ्चालन हुन नसकेपछि सरकारले होम स्कुलिङ, रेडियो शिक्षा, टेलिभिजन शिक्षण, अनलाइन कक्षा लगायतका वैकल्पिक सिकाइलाई मान्यता दिनेगरी क्रेडिट गणना गर्ने भएको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलले दुर्गमका विद्यार्थीलाई पनि समेट्नेगरी […]

वाग्मती प्रदेश सरकारद्धारा पहिलो पटक आफ्नो प्रदेश शिक्षा नीतिको मस्यौदा तयार

वाग्मती प्रदेश सरकारले पहिलो पटक आफ्नो प्रदेश शिक्षा नीतिको मस्यौदा तयार गरेको छ । संविधानको साझा अधिकार सूची, राष्ट्रिय शिक्षा नीति, २०७६ र अन्य राष्ट्रिय स्रोत सामग्रीको मार्गदर्शनमा रही सो प्रदेश सरकारले तयार गरेको प्रदेश शिक्षा नीतिको मस्यौदामा नागरिकस्तरमा छलफल हुन थालेको छ । शिक्षा अधिकार अनुगमन समिति (एजुकेशन वाच ग्रुप) ले बिहीबार भर्चुअलरुपमा आयोजना […]

एसईईको नतिजामा विद्यालयकोे मनपरी

यो वर्षको परीक्षाविनै सार्वजनिक गरिएको एसईईको नतिजामा विद्यालयहरुले मनपरी अङ्क पठाएको पाइएको छ ।नोबेल कोरोना भाइरसको महामारीका कारण परीक्षा रद्ध गरिएको थियो भने विद्यालयलाई वर्षभरि लिइएका परीक्षाका आधारमा नम्बर पठाउन भनिएको थियो ।तर विद्यालयले भने मनपरी मूल्याङ्कन गरी नम्बर पठाइदिएपछि राष्ट्रिय परीक्षा बोर्डले समग्र जिपिए विवरणविना एसइईको नतिजा हिजो सार्वजनिक गरेको छ । चार लाख ७२ […]

एसईईको नतिजा सार्वजनिक , यसरी हेर्नुस् नतिजा

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । गत ६ चैतका लागि निर्धारित एसईई कोभिड–१९ का कारण अन्तिम समयमा स्थगित भएको थियो । परीक्षा नहुने भएपछि विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक गरेको हो । यसरि हेर्नुस् नतिजा : नतिजा थाहा पाउनका निम्ति नेपाल टेलिकमको मोबाइलबाट एसईई पछि संकेत नम्बर […]

तयारी पूरा नभएपछि एसईईको नतिजा प्रकाशनमा ढिलाई

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन प्राविधिक कारणले केही दिन ढिलो हुने जनाएको छ । बाढीपहिरो र कोरोना भाइरस (कोभिड–१९) को प्रकोप बढेकाले नतिजा प्रकाशन गर्दा विद्यार्थी चहलपहल बढ्न सक्ने आकलनसमेत गरिएको जनाइएको छ । सर्टिफिकेटमा कुनै त्रुटि नहोस् भनेर त्यसलाई दोहो¥याएर हेर्ने काम भइरहेको र बन्दाबन्दीले गर्दा त्रुटि सच्याउन तत्काल […]

भोलि वा पर्सिसम्म एसईई परीक्षाफल सार्वजनिक हुने

यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात एसईईको परीक्षाफल सार्वजनिक गर्न राष्ट्रिय परीक्षा बोर्डको तयारी अन्तिम चरणमा पुगेकोछ । बोर्डको बैठक बस्ने बित्तिकै भोलि वा पर्सिसम्ममा परीक्षाफल सार्वजनिक गर्ने तयारी भइरहेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डाक्टर चन्द्रमणी पौडेलले जानकारी दिनुभयो । परिक्षा नियन्त्रक रामराज खकुरेलका अनुसार बोर्डले कार्यविधिमा उल्लेख भएबमोजिम नम्बर इन्ट्री लगायत सम्पादनका सबै काम […]

यो वर्षको विद्यालयको शैक्षिक सत्र भदौ एक गतेबाट सुरु हुने

यो वर्षको विद्यालयको शैक्षिक सत्र भदौ एक गतेबाट सुरु हुने भएको छ । मन्त्रीपरिषद्को निर्णयले नयाँ विद्यार्थी भर्ना र कक्षा सञ्चालन गर्दा विद्यार्थीको संख्या एकिन गरेर विद्यालय सञ्चालन गर्ने मन्त्रालयको प्रस्तावलाई स्वीकार गरेको हो । सरकारले विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा चाँडै जारी गर्ने जानकारी पनि गराएको छ । २०७७ साल साउन १२ गते मन्त्रीपरिषद्ले गरेको […]