अब स्थानीय सरकारले विद्यालय बन्द गरिराख्ने कि खोल्ने भन्ने निर्णय गर्न पाउने

अब स्थानीय सरकारले विद्यालय बन्द गरिराख्ने कि खोल्ने भन्ने निर्णय गर्न पाउने

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड–१९ को जोखिम नभएका र कम हुँदै जाने स्थानीय तहका विद्यालयमा आलोपालो सिफ्ट वा उपयुक्त विधि अपनाई पठनपाठन सञ्चालनको बाटो खुलाएको छ । मन्त्रिपरिषद्को गत कात्तिक २२ गतेको निर्णयबाट स्वीकृत ‘कोभिड–१९ को सन्दर्भमा विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा, २०७७’ लाई मन्त्रालयले वेबसाइटमा समावेश गरी स्थानीय तहलाई जोखिमको मूल्यांकन गरी क्रमशः विद्यालय खोल्न मार्गदर्शन गरेकोे हो । कोरोना संक्रमणको जोखिम बढेपछि शिक्षा मन्त्रालयले देशभरका विद्यालयहरु बन्द गरेको छ । अब संक्रमणको जोखिम मूल्यांकन गरी विद्यालय बन्द गरिराख्ने कि खोल्ने भन्ने निर्णय स्थानीय सरकारले नै गर्न सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार