भोलि वा पर्सिसम्म एसईई परीक्षाफल सार्वजनिक हुने

यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात एसईईको परीक्षाफल सार्वजनिक गर्न राष्ट्रिय परीक्षा बोर्डको तयारी अन्तिम चरणमा पुगेकोछ । बोर्डको बैठक बस्ने बित्तिकै भोलि वा पर्सिसम्ममा परीक्षाफल सार्वजनिक गर्ने तयारी भइरहेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डाक्टर चन्द्रमणी पौडेलले जानकारी दिनुभयो । परिक्षा नियन्त्रक रामराज खकुरेलका अनुसार बोर्डले कार्यविधिमा उल्लेख भएबमोजिम नम्बर इन्ट्री लगायत सम्पादनका सबै काम […]

यो वर्षको विद्यालयको शैक्षिक सत्र भदौ एक गतेबाट सुरु हुने

यो वर्षको विद्यालयको शैक्षिक सत्र भदौ एक गतेबाट सुरु हुने भएको छ । मन्त्रीपरिषद्को निर्णयले नयाँ विद्यार्थी भर्ना र कक्षा सञ्चालन गर्दा विद्यार्थीको संख्या एकिन गरेर विद्यालय सञ्चालन गर्ने मन्त्रालयको प्रस्तावलाई स्वीकार गरेको हो । सरकारले विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा चाँडै जारी गर्ने जानकारी पनि गराएको छ । २०७७ साल साउन १२ गते मन्त्रीपरिषद्ले गरेको […]

माध्यमिक शिक्षा परीक्षाको नतिजा आउन ढिलाई

सरकारले साउन १५ गते भित्रै माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्ने भनेर घोषणा गरे पनि नतिजा सार्वजनिक गर्नमा ढिलाइ हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले तोकेको नतिजा सार्वजनिक गर्ने मिति आउन तीन दिन मात्र बाँकी रहँदा अझै नतिजा सार्वजनिक गर्ने तयारी देखिएको छैन । अधिकांश विद्यालयबाट जिल्ला शिक्षा समन्वय ईकाइ हुँदै राष्ट्रिय […]

शिक्षाको गुणस्तर सुधार गर्न शिक्षकहरु प्रविधिमैत्री बन्नुपर्छ : नगर प्रमुख थापा मगर

रामेछाप नगरपालिकाका नगरप्रमुख नर बहादुर थापा मगरले राज्यको लगानी रहेको सरकारी विद्यालयमै शिक्षाको गुणस्तर कमजोर हुनु दुःखद रहेको बताउनुभयो । सरकारको लगानी रहेको सरकारी विद्यालयमा शिक्षाको गुणस्तर किन कमजोर छ, त्यसतर्फ गम्भीर भएर सोच्नुपर्ने बेला आएको उहाँको भनाई थियो । रामेछाप नगरपालिकाका विद्यालयहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै उहाँले सरकारी विद्यालयको शिक्षाको गुणस्तर वृद्धि गर्नका […]

कक्षा ११ को परीक्षा अब विद्यालयले नै सञ्चालन गर्ने 

राष्ट्रिय परीक्षा बोर्डले लिँदै आएको कक्षा ११ को परीक्षा अब विद्यालयले नै सञ्चालन गर्ने भएका छन् । परीक्षा सञ्चालन गरेर विद्यालयले नै प्रमाणपत्र जारी गर्ने व्यवस्था गरिएको हो । यो वर्ष बोर्ड परीक्षाको तयारीमा रहेका विद्यार्थीलाई भने आन्तरिक मूल्यांकनकै आधारमा प्रमाणपत्र दिने निर्णय भएको राष्ट्रिय परिक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले बताउनुभयो । उहाँले कक्षा ११ को […]

असोज १५ गतेभित्र परीक्षा सक्नेगरी कक्षा १२ को परीक्षाको तयारी

बन्दाबन्दी अर्थात् लकडाउनको समय सकिएसँगै शैक्षिक, व्यावसायिक लगायतका क्षेत्रमा सामान्य गतिविधि सुरु हुन थालेको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा असोजमा गर्ने तयारी गरेको छ । सरकारले १ भदौदेखि परीक्षा सञ्चालनको अनुमति दिएसँगै बोर्डले असोज १५ गतेभित्र परीक्षा सम्पन्न गर्ने गरि तयारी गरेको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिनुभयो । शिक्षा, […]

धादिङको कालिका आधारभुत बिद्यालयमा कक्षा कोठामा नै पठनपाठन सुरु

धादिङबेशी । धादिङ जिल्लाको नीलकण्ठ नगरपालिका वडा नं ८ मा रहेको कालिका आधाभूत विद्यालयमा पठनपाठन शुरु गरेको छ । विद्यार्थीहरुलाइ विद्यालयमा नै बोलाइ उच्च सतर्कताका कक्षा संचालनमा ल्याइएको हो ।हप्ताको दुई दिन चार घण्टा पढाई सञ्चालन हुने विद्यालयका प्रधानाध्यापक रोहिणीप्रसाद कोइरालाले मैनबत्ति डटकमलाई जानकारी दिनुभयो । शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले वैकल्पिक प्रणालीबाट बिद्यार्थीहरुको सिकाइ सहजीकरण […]

अनलाइनको नाममा शुल्क असुल्दै विद्यालय

काठमाडौंं – काठमाडौंस्थित सार्वजनिक शैक्षिक गुठीद्वारा सञ्चालित बूढानीलकण्ठ स्कुलले अनलाइन कक्षाको नाममा अभिभावकबाट शुल्क माग्दै आएको पाइएको छ । यद्यपि, सो विद्यालयलाई सरकारले वार्षिक ५ करोड रुपैयाँ उपलब्ध गराउँदै आएको छ  शिक्षा मन्त्रालय मातहत रहेका बूढानीलकण्ठ स्कुलले २०७६ चैतदेखि २०७७ असारसम्मको शुल्क अभिभावकबाट माग गरेको छ । एक अभिभावकले भने, ‘सरकारले चैत महिनाको शुल्क नलिनू […]

शिक्षकको हत्यामा संलग्न रही ११ वर्षदेखि फरार अभियुक्त पक्राउ

शिक्षकको हत्यामा संलग्न रही ११ वर्षदेखि फरार रहेका अभियुक्त कलैया उपमहानगरपालिका-१८ बस्ने ४४ वर्षीय नन्दु बैठा (तिलक) लाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । नन्दु लगायतका व्यक्तिहरुले २०६६ वैशाख १७गते बारा साबिक फेटा गाविस-१ स्थित नेरामाविफेटाका शिक्षक प्रदिप कुमार तिमिल्सीनालाई विद्यालयबाट घर फर्किने क्रममा सोही ठाँउस्थित सडकमा गोली प्रहार गर्दाघटनास्थलमै मृत्यु भएको थियो । […]

कोरिया जान पाउनुपर्ने भन्दै माइतीघरमा प्रदर्शन

काठमाडौं । दक्षिण कोरियामा रोजगारीमा जान सम्पूर्ण प्रक्रिया पूरा गरी उडानको पर्खाइमा रहेकाहरुले बुधबार प्रदर्शन गरेका छन् । कोरोना संक्रमणको जोखिमका कारण सम्पूर्ण उडानहरु बन्द भएपछि सम्पूर्ण प्रक्रिया पूरा भएपनि कोरिया जान नपाएकाहरुले माइतीघरमा प्रदर्शन गरेका हुन् ।  २ हप्ताभित्र पनि सरकारले कोरिया पठाउने पहल नगरे ३ हजारबढीको रोजगारी गुम्ने खतरा रहेको उनीहरुले बताएका छन् […]