ओली पुनः प्रधानमन्त्रीमा नियुक्त, आज दिउँसो सपथ

नेपालको प्रधानमन्त्रीमा पुनः केपी शर्मा ओली नै नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले ठूलो दलको नेताका रुपमा नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीलाई गयराति प्रधानमन्त्री नियुक्त गर्नुभएको छ । ओली संविधानको धारा ७६ को उपधारा ३ बमोजिम अल्पमतको प्रधानमन्त्री नियुक्त हुनुभएको हो । प्रधानमन्त्रीमा नियुक्त भएका ओलीको सपथ भने आज दिउँसो साढे […]

सरकार गठन गर्न दलहरुलाई राष्ट्रपति भण्डारीको आह्वान

प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो संसद्मा विश्वासको मत हासिल गर्न नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ (२) अनुसारको सरकार गठन गर्न राजनीतिक दलहरुसँग आह्वान गर्नुभएको छ । उहााले यसका लागि दलहरुलाई आगामी वैशाख ३० गतेसम्मको समय सिमा दिनुभएको छ । राष्ट्रपति कार्यालयद्वारा गयराति जारी विज्ञप्तिमा ‘संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व […]

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा आज विश्वासको मत लिँदै

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा आज विश्वासको मत लिँदैहुनुहुन्छ । संघीय संसद भवनमा दिउँसो १ बजे सुरु हुने प्रतिनिधि सभाको विशेष अधिवेशनमा उहाँले विश्वासको मत लिन लाग्नुभएको हो । यस क्रममा उहाँले बहुमत ल्याए प्रधानमन्त्री पदमा निरन्तरता पाउनुहुनेछभने बहुमत ल्याउन नसके प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्नेछ । त्यसपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुन्छ। यसैबीच […]

विश्वासको मतको विपक्षमा मतदान गर्ने काँग्रेसको निर्णय

नेपाली काँग्रेस संसदीय दलले प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत लिन आउँदा विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । संसदीय दलको आज बसेको बैठकले प्रधानमन्त्रीको राजीनामा माग गर्ने र आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने पार्टी केन्द्रीय कार्यसमितिको २१ चैतकै निर्णय अनुमोदन गरेको छ । बैठकले प्रधानमन्त्री विश्वासको मत लिन आउँदा विपक्षमा मतदान गर्ने र […]

सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादी केन्द्रको निर्णय

नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली शर्मा नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । पार्टीको आज बसेको स्थायी समितिको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो ।आज बैठक सक्दा पाँच बजिसकेका कारण भोली कार्यालय खुलेपछि समर्थन फिर्ताको पत्र बुझाइने नेताहरुले बताएका छन् । यसअघि, माओवादीले समर्थन फिर्ता लिने निर्णय गर्ने जिम्मा […]

नागरिकको जीवन रक्षा सरकारको पहिलो दायित्व हो : प्रधानमन्त्री

सरकारले प्रदेश र राजधानीमा एक हजार शैयाको अस्थायी अस्पताल बनाउने घोषणा गरेको छ । आज देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकको जीवन रक्षा सरकारको पहिलो दायित्व भएको बताउँदै दोस्रो लहर नियन्त्रणका लागि सरकारका सबै संयन्त्र परिचालन गरेको जानकारी दिनुभयो । हवाई उडान रोक्ने, निषेधाज्ञालाई कडाई गर्ने , प्रदेश र राजधानीमा एक हजार शैयाको […]

कोरोना उपचारमा आवश्यक पुर्वाधार बनाउन सरकारलाइ एमालेको ध्यानाकर्षण

नेकपा एमालेले कोरोना सङ्क्रमितहरुको उपचारका लागि आवश्यक पूर्वाधारका साथै अत्यावश्यक औषधिको तत्काल प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज दिउँसो बालुवाटारमा बसेको स्थायी कमिटीको आकस्मिक बैठकले कोभिडका सङ्क्रमितहरुको आवश्यक उपचारका लागि प्रबन्ध मिलाउन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो । बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले […]

माओवादी केन्द्र नयाँ सांगठानिक संरचनमा जाने

नेकपा (माओवादी केन्द्र)ले पार्टीको अन्तरिम विधान संसोधन गर्दै नयाँ सांगठानिक संरचनमा जाने भएको छ। हिजो बसेको स्थायी कमिटी बैठकले विधान संसोधन सम्बन्धी प्रस्तावलाई पारित गर्दै नयाँ संगठन संरचना अबलम्बन गर्ने निर्णय गरेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । जस अनुसार अब माओवादी केन्द्रका सबै कमिटीमा ३५ प्रतिशत महिला र २० प्रतिशत दलितको अनिवार्य प्रतिनिधित्व हुने […]

कोरोनाविरुद्ध राजनीतिक दल एक ठाउँमा उभिएनन्

दोस्रो लहरको नोबेल कोरोना भाइरसको सङ्क्रमण दर बढेसँगै स्वास्थ्य मन्त्रालयले १० दिनअघि ८ बुँदे विशेष अनुरोध सार्वजनिक ग¥यो र सावधानी अपनाउन भन्यो । त्यसको ४ दिनपछि सरकारले आदेश पनि जारी गरेको थियो । तर सरकारले जारी गरेको आदेश, सत्ताधारी दलबाटै पालना भएको पाइँदैन । विवाह, ब्रतबन्ध, मलामी जस्ता कार्यमा २५ जनाभन्दा बढी सहभागी हुन रोक […]

कोरोना नियन्त्रणका लागि एमालेले मातहतका सबै सङ्गठन परिचालन गर्ने

नेकपा एमालेले नोबेल कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि मातहतका सबै सङ्गठन परिचालन गर्ने भएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा आज बसेको केन्द्रीय कार्यसमिति तथा महाधिवेशन आयोजक कमिटी बैठकले कोभिड १९ सङ्क्रमितहरूलाई सहयोग गर्न जिल्ला तथा गाउँमा जनजागरण अभियान चलाउने निर्णय गरेको हो । जिल्लाजिल्लामा हेल्प डेस्क राख्ने, गाउँगाउँमा […]