प्रकृतिमैत्री जीवनचर्या अपनाउन राष्ट्रपतिको आह्वान

प्रकृतिमैत्री जीवनचर्या अपनाउन राष्ट्रपतिको आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रकृतिमैत्री जीवनशैली अपनाउँदै सुधारका गतिविधि प्रवद्र्धन गरी वातावरण संरक्षणका लागि आह्वान गर्नुभएको छ । विश्व वातावरण दिवसका अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै राष्ट्रपति भण्डारीले जल, वायु, जमिन र जङ्गलसँग वनस्पति, जीवजन्तु र मानवको आपसी सम्बन्धलाई जीवन्त बनाई राख्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले नेपालको संविधानले प्रदत्त गरेको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सार्थक बनाउन प्रण गर्ने दिनको रूपमा यस दिवसलाई लिन पनि आग्रह गर्नुभएको छ । प्राकृतिक स्रोतहरूको अधिक दोहनका कारण वरिपरिको पारिस्थितिक प्रणाली असन्तुलन उत्पन्न भएको बताउनुहुँदै उहाँले सबैले आफू वरिपरि रहेको वातावरण सुधार गर्नुपर्नेमा जोड दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार