रामेछापको प्रदेश निर्वाचन ‘ख’को सभापतिमा राजेश कुमार श्रेष्ठ विजयी

नेपाली कांग्रेसको प्रदेश क्षेत्रिय निर्वाचन अन्तर्गत प्रदेश ‘ख’को सभापतिमा राजेश कुमार श्रेष्ठ विजयी हुनुभएको छ । उहाँले ४३१ मत प्राप्त गर्नुभयो । सभापतिका अर्का उम्मेदवार रामकृष्ण ढुंगेललाई पराजित गर्दै श्रेष्ठ सभापतिमा विजयी बन्नुएको छ । त्यसैगरी उपसभापतिमा पूर्ण बहादुर सुवेदी,बाबुराम लामा, सचिवमा देव बहादुर थापा, भेष बहादुर थापा, सहसचिवमा टासी लामा र सुन्दर घिमिरे विजयी […]

रामेछापको प्रदेश निर्वाचन ‘क’को सभापतिमा निरोज खड्का विजयी

नेपाली कांग्रेसको प्रदेश क्षेत्रिय अधिवेशन अन्तर्गत रामेछापको प्रदेश ‘क’को सभापतिमा निरोज खड्का विजयी हुनुभएको छ । विहिबार सम्पन्न भएको मतगणना अनुसार खड्का विजयी हुनुभएको हो । निर्वाचनमा खड्काको प्यानल नै विजयी भएको छ ।खड्काले २९४ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी केशव महतले २८५ मत पाउनुभयो ।

एमालेको पहिलो विधान महाधिवेशन आजबाट सुरु हुँदै

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को पहिलो विधान महाधिवेशन आजबाट सुरु हुँदैछ ।तीन दिनसम्म चल्ने महाधिवेशनले पार्टीको मार्गनिर्देशक सिद्धान्तको बारेमा टुङ्गो लगाउने एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा मध्यान्ह्पछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले बताउनुभयो । उहाँका अनुसार […]

बागमती प्रदेशका मुख्यमन्त्री शाक्यले असोज २५ गते विश्वासको मत लिने

बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले असोज २५ गते विश्वासको मत लिने हुनुभएको छ । सरकारमा रहेको दल विभाजन भएको अवस्थामा ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । संविधानको धारा १८८ (२)को व्यवस्था अनुसार उहाँले अन्तिम दिन विश्वासको मत लिन लाग्नुभएको हो । भदौ २६ गते प्रदेश निर्वाचन आयोगले एमाले विभाजन भइ एकीकृत […]

एमाले सुकाजोरको अध्यक्षमा सुवाश थापा चयन

नेकपा एमाले रामेछाप नगरपालिका वडा नम्बर ७ को अध्यक्षमा सुवाश थापा चयन हुनुभएको छ । मंगलबार भएको वडा भेलाले थापालाई सर्वसम्मतिले अध्यक्षमा चयन गरेको हो । उपाध्यक्षमा लिला ब मगर र बाल विक्रम मगर,सचिवमा राजु विक्रम बस्नेत र ध्रुब बस्नेत लगायतको २९ सदस्य कमिटी गठन गरिएको छ । नेकपा एमाले रामेछाप नगरका संयोजक होतराज ढकालको […]

अध्यादेश खारेजसँगै मन्त्रिपरिषद् विस्तारको बाटो खुल्यो

राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज भएसँगै सरकारकलाई मन्त्रिपरिषद् विस्तारको बाटो खुलेको छ ।राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न सरकारले ल्याएको अध्यादेश मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो खारेज गर्नुभएको हो । अध्यादेश खारेज नहुँदासम्म सरकारमा सहभागी नहुने अडान सत्ता घटक जनता समाजवादी पार्टी (जसपा) ले यसअघि लिँदै आएको थियो ।संसदीय दल वा केन्द्रीय समितिमा २० […]

रामेछापको ८ वटै स्थानीय तहमा कांग्रेसको अधिवेशन सम्पन्न,केहिमा निर्वाचन केहिमा सर्वसम्मत

नेपाली कांग्रेस रामेछापको गाउँ /नगरको अधिवेशन सम्पन्न भएको छ । जिल्लाको आठ वटै स्थानीय तहमा सभापति सहितका पदाधिकारी चयन भएका छ्न । केही स्थानीय तहमा निर्वाचन मार्फत सभापति चयन गरिएको छ भने केहिमा स्थानीय तहमा सर्वसम्म सभापति र पदाधिकारी चयन भएका छ्न । नेपाली कांग्रेस रामेछाप पालिका अधिवेशनमा निर्वाचित पदाधिकारीहरु : मन्थली नगरपालिका – शंकरप्रसाद […]

नेपाली काँग्रेस रामेछाप नगरको सभापतिमा कमल विक्रम कार्की निर्वाचित

नेपाली कांग्रेस रामेछाप नगर समितिको सभापतिमा फेरि पनि कमल विक्रम कार्की निर्वाचित हुनुभएको छ । यस अघि पनि उहाँ नै रामेछाप नगर समितिको सभापति हुनुहुन्थ्यो । सभापति पदका लागि राम प्रसाद घिमिरे र कार्की बिच सहमति जुट्न नसकेपछी मतदान मार्फत सभापति टुंगाइएको हो । कार्किले १३७ मत प्राप्त गर्नुभयो भने घिमिरेले ३५ मत प्राप्त गर्नुभयो […]

थप ५ जिल्लामा काँग्रेस क्रियाशील सदस्यता विवाद टुङ्गियो

नेपाली काँग्रेसको केन्द्रीय निर्वाचन समितिले थप ५ जिल्लाको क्रियाशील सदस्यता विवाद समाधान गरी नामावली सार्वजनिक गरेको छ । समितिले डोल्पा, सुर्खेत, बाँके, महोत्तरी र सिराहाको क्रियाशील सदस्यता विवाद समाधान गरेको काँग्रेस सहमहामन्त्री प्रकाशसरण महतले  बताउनुभयो । योसँगै ६९ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक भएको छ भने अब ८ जिल्लाको क्रियाशील सदस्यता विवाद टुङ्ग्याउन बाँकी छ । […]

नेकपा (एकिकृत समाजवादी) पार्टी रामेछापको अध्यक्षमा रमेश कुमार बस्नेत

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को रामेछाप जिल्ला अध्यक्षमा रमेश कुमार बस्नेत चयन हुनुभएको छ । रामेछाप सदरमुकाम मन्थलीमा भएको जिल्ला कमिटी भेलाले बस्नेतको अध्क्षतामा २ सय ९१ सदस्यीय समिति गठन गरेको हो । उक्त भेलाले उपाध्यक्षमा धन योञ्जन र सचिवमा लालसिंह तामाङलाई चयन गरेको छ । आजै नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को जिल्ला […]