प्रधानन्यायाधीशजबरा बारेको विवादका कारण न्यायाधीशहरूले आज पनि मुद्दा नहेर्ने

प्रधानन्यायाधीशजबरा बारेको विवादका कारण न्यायाधीशहरूले आज पनि मुद्दा नहेर्ने

प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको भूमिकाका बारेमा जारी विवादका कारणसर्वोच्च अदालतका न्यायाधीशहरूले आज पनि मुद्दा नहेर्ने भएका छन् । प्रधानन्यायाधीश जबराको सम्मानजनक बहिर्गमनकै पक्षमा रहेको निष्कर्षमा पुगेका सर्वोच्चका न्यायाधीशहरूले आज पनि मुद्दा नहेर्ने भएका हुन् ।

जबराको बहिर्गमनको प्रस्तावको बारेमा भने आज सर्वोच्च अदालतका न्यायाधीशहरूले छलफल गर्ने भएका छन् । न्यायाधीशहरूले प्रधानन्यायाधीश जबरासँग वार्ता गर्न अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र डा. मनोजकुमार शर्मालाई जिम्मा दिएका थिए ।

तीनै जना न्यायाधीशले हिजो प्रधानन्यायाधीश जबरालाई भेटेर यसबारेमा जानकारी गराइसकेका छन् । प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आएका सर्वोच्च अदालतका न्यायाधीशहरूलेसमस्याको निकासका लागि फेरि वार्ता गर्ने निर्णय हिजो गरेका थिए । नेपाल बार एशोसियसनले पनि जबराविरुद्ध चरणबद्ध आन्दोलन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार