आजदेखी जिल्ला अस्पताल रामेछापमा पिसिआर ल्याब सन्चालनमा

जिल्ला अस्पताल रामेछापमा पिसिआर ल्याब सन्चालनमा आएको छ । अब जिल्ला अस्पताल रामेछापमै पिसिआर परीक्षण हुने भएको छ । कोरोना भए नभएको भनेर थाहा पाउन गरिने पिसिआर परीक्षण आजदेखी जिल्ला अस्पतालमै सुरु भएको हो । केहि महिना अघि नै उक्त पिसिआर ल्याबको उद्धघाटन भएको भएपनि जनशक्तिको अभावले सन्चालनमा आउन सकेको थिएन । जनस्वास्थ्य प्रयोगशाला बाग्मती […]

१२ औँ राष्ट्रिय जनगणना सुरु, रामेछापमा २९८ जना गणक खटिए

आजबाट नेपालको १२ औँ राष्ट्रिय जनगणनामा सुरू भएको छ । सरकारले संघीयतापछी पहिलो पटक जनगणना गर्न लागेको हो । राष्ट्रिय जनगणनाका लागि रामेछापमा २९८ जना गणक खटाइएको जिल्ला जनगणना कार्यालय रामेछापले जानकारी दिएको छ । जिल्ला जनगणना कार्यालय रामेछापका प्रमुख सुरेश खतिवडाका अनुसार जिल्लाका ८ वटा स्थानिय तहमा २९८ जना गणक खटाइएको बताउनुभयो । उहाँका […]

वातावरण संरक्षण परियोजनाद्धारा वातावरण संरक्षण पुरस्कार २०७८ का लागि आवेदन माग

वातावरण संरक्षण पुरस्कार २०७८ का लागि आवेदन माग गरिएको सुचना संघीय आर्थिक सहायता तथा विकास मन्त्रालय र तेर द जोम्स, जर्मनीको आर्थिक सहायोगमा सामुदायिक विकास समाज, सृजनशिल युूवा समाज र सामुदायिक जनशक्ति विकास कार्यक्रम गोल्मटारद्घारा रामेछाप जिल्लाको मन्थली र रामेछाप नगरपालिकाका केही वडाहरुमा सञ्चालित वातावरण संरक्षण परियोजना अन्तरर्गत गठित राष्ट्रिय युूवा संजाल÷प्रदेश संजाल÷जिल्ला संजाल र […]

जिल्ला अस्पताल रामेछापमा पिसिआर ल्याब र अक्सिजन प्लान्ट उद्धघाटन तर छैनन् जनशक्ती

जिल्ला अस्पताल रामेछापमा आज पिसिआर ल्याब र अक्सिजन प्लान्टको उद्धघाटन गरिएको छ । बाग्मती प्रदेशका स्वास्थ्य मन्त्री प्रदिप कटुवाल क्षेत्री र बाग्मती प्रदेशकै वन तथा वातावरण मन्त्री शान्ति प्रसाद पौडेलले संय्ुक्त रुपमा पिसिआर ल्याब र अक्सिजन प्लान्टको उद्धघाटन गर्नुभएको हो । बाग्मती प्रदेश सरकारको लागतमा निर्माण भएको पिसिआर ल्याब र अक्सिजन प्लान्टको उद्धघाटन भएपनि कहिलेदेखी […]

बागमती प्रदेशमा सूचना बैंक सञ्चालनमा

बागमती प्रदेशका सूचना संकलन र भण्डारण गर्ने उदेश्यले सूचना बैंक सञ्चालनमा आएको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री अजय क्रान्ति शाक्यले सूचना बैंकको शनिबार हेटौंडामा उद्घाटन गर्नुभयो । बैंकमा प्रदेशका सात वटा मन्त्रालय, प्रदेश प्रमुखको कार्यालय, प्रदेशसभासहित १४ वटा कार्यालयको सूचना एउटै पोर्टलबाट उपलब्ध हुने मन्त्री शाक्य ले जानकारी दिनुभयो । प्रदेश सञ्चार माध्यम व्यवस्थापन […]

रामेछाप नगरपालिकाले महिलालाई निःशुल्क ड्राइभिङ तालिम दिने

रामेछापको रामेछाप नगरपालिकाले महिलाको लागि निःशुल्क ड्राइभिङ तालिम दिने भएको छ । महिलाहरुलाई सीप सिकाएर आत्मनिर्भर बनाउन नगरका २० जना महिलाहरुलाई १५ दिने ड्राइभिङ तालिम दिन लागिएको नगरपालिकाका उपप्रमुख सृजना खड्काले बताउनुभयो । नगरपालिकाले एक सुचना जारी गर्दै ड्राइभिङ तालिम सिक्न चाहने महिलाहरुलाई आवेदन दिन आग्रह गरेको छ । तालिममा छनोट गर्दा नगरपालिकाले विपन्न, असहाय, […]

नेपाल हेभी इक्वीपमेन्ट अपरेटर संघ रामेछापको अध्यक्षमा गणेश खड्का

नेपाल हेभी इक्वीपमेन्ट अपरेटर संघले रामेछाप जिल्लामा पनि समिती गठन गरेको छ । नेपालका ७७ वटै जिल्लामा समिती गठन गर्ने योजना अनुसार आज रामेछापमा समिती गठन गरिएको हो । आज गठन गरिएको समितीमा अध्यक्षमा गणेश खड्का,उपाध्यक्षमा विष्णु कुमार प्रधान,सचिवमा भिम बहादुर पाण्डे,सहसचिवमा विकास राना र सदस्यहरुमा विरबल माझी र प्रवेश श्रेष्ठ निर्विरोध चयन भएका छन […]

रामेछापमा आईपुग्यो पीसीआर मेशिन,सन्चालनमा आउन भने समय लाग्ने

रामेछामा कोरोना भाईरस संक्रमण भए नभएको थाहा पाउन जाँच गरिने पीसीआर मेशिन जिल्ला अस्तालमा आईपुगेको छ । बागमती प्रदेश सरकारको एक जिल्ला एक पीसीआर मेशिन अभियान अन्तर्गत रामेछापमा पनि पीसीआर मेशिन आईपुगेको हो । जिल्लामा पिसिआर मेसिन आइपुगेको भएपनि सन्चालनमा आउन भने समय लाग्ने जिल्ला अस्पताल विकास समितीका अध्यक्ष रोशन पाख्रिनले बताउनुभयो । जिल्लामा उक्त […]

फोन र इन्टरनेट चलेन भन्दै वडाअध्यक्ष सहित सेवाग्राहि पुगे टेलिकमको कार्यालय मन्थली

रामेछापमा टेलिफोन र इन्टरनेटमा आएको समस्यामा महिनौ हुँदा पनि समाधान नभएपछि रामेछाप नगरपालिकाका जनप्रतिनिधि र स्थानीय सहितको टोलीले नेपाल टेलिकमको कार्यालय मन्थलीमा ध्यानकार्षण पत्र बुझाएका छन् । ल्याण्डलाईन फोन, मोबाइल फोन र इन्टरनेटमा समस्या आएको महिनौ हुँदा पनि समधानको लागि कार्यालयले ध्यान नदिएको भन्दै रामेछाप नगरपालिका वडा नं ७ का वडाध्यक्ष समिर कार्की, वडा नं […]

रामेछाप सहित मुलुकका बिभिन्न स्थानमा वर्षाको सम्भावना

काठमाडौँ उपत्यका सहित देशका बिभिन्न स्थानमा बिहानैदेखि पानी परिरहेको छ । आज सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भोलिसम्म नै पानी पर्ने सम्भावना रहेको महाशाखाको भनाइ छ । अहिले प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा पूर्ण बदली रही बाँकी प्रदेशमा सामान्य बदली […]