नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३३६ पुग्यो

नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३३६ पुगेको छ । पछिल्लो २४ घन्टामा १४ जनाको मृत्यु भएसँगै मृतकको संख्या ३३६ पुगेको शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिनुभयो । यो कुल संक्रमितको ०.६३ प्रतिशत हो । मृत्यु हुनेहरु काठमाडौंका तीनजना, भक्तपुर र रुपन्देहीका समान दुईरदुईजना तथा पर्सा, सुनसरी, चितवन, तनहुँ, स्याङ्जा, […]

रामेछापमा १८ जना कोेरोना संक्रमितको उपचार जारी, ३७ जना कोरोना मुक्त

रामेछाप जिल्लामा शनिबार अर्थात आजसम्म १ हजार ३ सय २९ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ को परीक्षण गरिएको छ । यि मध्ये ५५ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको छ भने १ हजार २ सय ७४ जनाको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । आज मात्रै रामेछाप जिल्लामा ५ जना प्रहरी सहित थप ६ […]

रामेछापका ५ प्रहरी सहित आज थप ६ जनामा कोरोना पुष्टि

रामेछाप जिल्लामा ५ जना प्रहरी सहित आज थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय रामेछापले दिएको जानकारी अनुसार यहि भदौ २३ गते पिसिआर परीक्षणको लागी पठाइएको जिल्लाका २७ जनाको स्वावमध्ये ६ जनामा कोरोना पोजेटिभ देखिएको हो । मन्थली नगरपालिका वडा नम्बर १ का ८६ वर्षिय एक महिला र जिल्ला प्रहरी कार्यालय […]

नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३२२ पुग्यो

नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३२२ पुगेको छ । पछिल्लो २४ घण्टामा ५ जना मृतक थपिएसँगै मृत्यु हुनेको संख्या ३२२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले बताउनुभयो । नेपालमा कोरोना संक्रमितको संख्या ५१ हजार ९ सय १९ पुगेको छ । पछिल्लो २४ घण्टामा १४५४ जना संक्रमित थपिएका छन् । एकै दिन […]

कोरोना रोकथामका लागि खाँडादेवी गाउँपालिकाको खर्च ७५ लाख

रामेछापको खाँडादेवी गाउँपालिकाले कोरोना भाइरस कोभिड–१९ को संक्रमण नियन्त्रण र व्यवस्थापनमा ७५ लाखभन्दा बढी रकम खर्च गरेको छ । खाँडादेवी गाउँपालिकाले कारोना संक्रमण नियन्त्रण र व्यवस्थापनमा हालसम्मको अवधिमा ७५ लाख ४ हजार ४ सय ४४ रुपैयाँ बराबरको रकम खर्च गरेको हो । सबैभन्दा बढी कोरोना नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामाग्रीहरु मास्क, थर्मलगन, सेनिटाइजर, पीपीइ सेट, […]

कोरोना रोकथामका लागि गोकुलगंगा गाउँपालिकाको खर्च लगभग ४२ लाख

रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिकामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रण र व्यवस्थापनमा ४१ लाख ८२ हजार ६ सय ५९ रुपैयाँ खर्च भएको छ । ६ वटा वडा रहेको गोकुलगंगा गाउँपालिकामा सबैभन्दा बढी औषधी एवम् मेडिकल सामाग्री खरिदमा २० लाख ६२ हजार ८ सय २२ रुपैयाँ खर्च भएको गाउँपालिकाका स्वास्थ्य शाखाका संयोजक जागिर रायले ई रामेछापलाई […]

रामेछाप जिल्ला भित्र भोलिबाट सार्वजनिक यातयात सञ्चालन हुने

रामेछाप जिल्ला भित्र भोलिबाट सार्वजनिक यातयात सञ्चालन हुने भएको छ । आज प्रमुख जिल्ला अधिकारी  रुद्रादेवी शर्माको अध्यक्षतामा बसेको डिसिसिएमसीको बेठकले रामेछाप जिल्लाभित्र जारी गरिएको निषेधाज्ञालाई खुकुलो पार्दै यस्तो निर्णय गरेको हो । सार्वजनिक सवारी सधानले सिट क्षमताको आधा यात्रु मात्रै र निजी तथा साना सवारी साधनमा चालक बाहेक ३ जना यात्रु राख्न पाइनेछ । […]

रामेछापका ४ जनाले जिते कोरोना, १२ जनाको उपचार हुँदै

रामेछाप जिल्लाका ४ जनाले कोरोना भाईरस (कोविड १९) लाई जितेका छन । रामछाप नगरपालिका वडा नम्बर २ देउरालीका हरि दर्लामी मगर, कल्याण बोगटी,रमेश खड्का र विटु मण्डलले कोरोना भाईरसलाई जितेर आज घर फर्किएका छन । मगर, बोगटी र खड्का भारतबाट फर्किएका थिए । उनिहरु रामेछाप नगरपालिकाको क्वारेन्टिनमा बस्दै आएका थिए । भने मण्डल रामपुर स्वास्थ्य […]

काठमाडौं उपत्यकाका तीन जिल्लामा जारी निषेधाज्ञामा केही खुकुलो

काठमाडौं उपत्यकाका तीन जिल्लामा जारी निषेधाज्ञामा केही खुकुलो भएको छ। निषेधाज्ञाकास्वरुप उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले परिवर्तन गरेका हुन् । मंगलबार नै तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले अनुमोदनका लागि गृहमन्त्रालयमा पठाएको निषेधाज्ञाको स्वरुपहिजो स्वीकृत भएको हो । निजी सवारीलाई जोर विजोर चल्न दिने, दैनिक उपभोग्य समानका पसल पनि समय तोकेर सञ्चालन गर्ने तथा निजी […]

दश वर्षिया छोरीमाथि जबरजस्ती करणी प्रयास आरोपमा बुवा पक्राउ

दार्चुलामा १० वर्षिया आफ्नै छोरीमाथि जबरजस्ती करणी गर्ने प्रयास गरेको भन्दै ३६ वर्षिय बुवा पक्राउ परेका छन् ।जिल्ला सदरमुकाम खलङ्गा बस्दै आएका ती पुरुषले भाद्र २१ गते राती १० वर्षिया आफ्नै छोरीमाथि जबरजस्ती करणी गर्ने प्रयास गरेको जाहेरीका आधारमा प्रहरीले उनलाई सोमबार बिहान पक्राउ गरेको हो ।जाहेरी परेपछि घट्नास्थलमा पुगि घटनाबारे जानकारी लिइएको र स्वास्थ्य […]