आधारभूत स्वास्थ्य सेवा निःशुल्क र सबैको पहुँचमा पु्याइने
काठमाडौँ, १० असार । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क र सबैको पहुँचमा पु¥याउने प्रयास भइरहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकअन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय शीर्षकमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले आगामी आर्थिक वर्षभित्रै मुलुकका सबै जिल्लामा स्वास्थ्य बीमा विस्तार गरिने जानकारी दिए । उपप्रधानमन्त्री यादवले […]