नागरिकको जीवन रक्षा सरकारको पहिलो दायित्व हो : प्रधानमन्त्री

सरकारले प्रदेश र राजधानीमा एक हजार शैयाको अस्थायी अस्पताल बनाउने घोषणा गरेको छ । आज देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकको जीवन रक्षा सरकारको पहिलो दायित्व भएको बताउँदै दोस्रो लहर नियन्त्रणका लागि सरकारका सबै संयन्त्र परिचालन गरेको जानकारी दिनुभयो । हवाई उडान रोक्ने, निषेधाज्ञालाई कडाई गर्ने , प्रदेश र राजधानीमा एक हजार शैयाको […]

नेपालमा कोरोना सङ्क्रमणका कारण थप ३७ जनाको मृत्यु

नेपालमा कोरोना सङ्क्रमणका कारण थप ३७ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप ३७ जनाको ज्यान गएको र अहिलेसम्म ज्यान गुमाउनेको सङ्ख्या तीन हजार तीन सय ६२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै सात हजार चार सय ४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १६ हजार ६ […]

रामेछाप बाम्तीमा आगलागीमा परी दम्पतीको मृत्यु

रामेछापको उमाकुण्ड गाउँपालिकामा आगलागी भएको छ । आगलागीमा परी एक दम्तीको जलेर ज्यान गएको छ । उमाकुण्ड गाउंपालिका वडा नं २ बाम्तीको लहरेटोलमा आज बिहान आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रबक्ता श्रीशङ्कर श्रेष्ठले दिनुभएको जानकारी अनुसार आगलागीमा परेर ७८ वर्षीय धनबहादुर कार्की र उनको श्रीमती ६८ वर्षीया सीता कार्कीको ज्यान गएको छ । […]

रामेछाप मन्थलीका बजार र गोकुलगंगाको ३ वटा वडामा निषेधाज्ञा जारी

जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लामा बैशाख २० गते राती १२ बजे देखी लागुहुने गरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । विश्व ब्यापी महामारीको रूपमा फैलिरहेको नयाँ भेरियण्ट सहितको कोभिड–१९ को संकमण नेपालमा तिव्ररुपम फैलिएको भन्दै निषेधाज्ञा गर्ने निर्णय गरेको हो । जिल्ला स्तरीय कोभिङ्ग–१९ संकट ब्यवस्थापन केन्द्र रामेछापको आज बसेको बैठकले मन्थली नगरपालिकाको वडा […]

२५ प्रतिशत भन्दा कम कर्मचारी राखेर बैंकिङ सेवा दिन राष्ट्र बैङ्कको निर्देशन

कोरोना सङ्क्रमणदर दिनदिनै बढ्दै गएपनि नेपाल राष्ट्र बैङ्कले २५ प्रतिशतभन्दा कम कर्मचारी राखेर बैंकिङ सेवा दिन निर्देशन दिएको छ । आज एक सूचना जारी गर्दै केन्द्रिय बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई सात बुँदे निर्देशन दिएको छ । निर्देशनमा कार्यालयमा उपस्थित नभइ कार्य सम्पादन गर्न नसकिने कामका लागि मात्र कर्मचारी बोलाएर काम गर्न भनिएको छ । […]

आज ७ हजार २ सय ११ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप ७ हजार २ सय ११ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ७ हजार १ सय ३४ र एन्टिजेन विधिबाट ७४ जनामा सङ्क्रमण पुष्टि भएको हो । यो नेपालमा एक दिनमा भेटिएको अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित हो । हिजो मात्र नयाँ सङ्क्रमितको संख्यामा रेकर्ड ५ हजार ७ सय […]

रामेछापमा कोरोनाका ४३ जना सकृय संक्रमित आईसोलेसनमा

रामेछाप जिल्लामा ४३ जना कोरोना भाईरस (कोविड १९) का सकृय संक्रमित आईसोलेसनमा रहेका छन । ८ वटा स्थानिय तह रहेको जिल्लामा मन्थली नगरपालिकामा १९ जना,रामेछाप नगरपालिकामा १ जना,गोकुलगंगा गाउँपालिकामा १० जना,दोरम्बा गाउँपालिकामा २ जना,लिखु तामाकोशी गाउँपालिकामा ७ जना र जिल्ला अस्पतालमा ४ जना कोरोना संक्रमित रहेका छन । ३९ जना होमआईसोलेसनमा र ४ जना जिल्ला […]

आगामी दुई तीन दिनसम्म वर्षाको सम्भावनाः मौसम विभाग

जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश स्थानमा मौसम बदली हुने बताएको छ । महाशाखाले गण्डकी र बागमती प्रदेशमा आज बिहानैदेखि पानी परिरहेको बताएको छ । मौसमविद् समीर श्रेष्ठका अनुसार गण्डकी प्रदेशको पहाडी भेग र बागमती प्रदेशका काठमाडौंसहितका सबैजसो स्थानमा रातिदेखि वर्षा भइरहेको बताउनुभयो । उहाँले हाललाई केहि समयका लागि वर्षा रोकिएपनि दिउँसो वा […]

कोरोना सङ्क्रमण दर कम गर्न निषेधाज्ञामा आजबाट कडाइ गरिँदै

नोबेल कोरोना भाइरसको सङ्क्रमण दर तीव्र हुँदै गएपछि सरकारले निषेधाज्ञा कार्यान्वयनमा आजबाट थप कडाइ गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रण केन्द्रीय व्यवस्थापन तथा समन्वय केन्द्र (सिसिएमसी) को हिजोको बैठकको निर्णय अनुसार आजबाट जाँच तथा कारबाहीलाई बिहानैदेखि सुरु गरिएको नेपाल प्रहरीका प्रवक्ता, एसएसपी बसन्तबहादुर कुवँरले बताउनुभयो । उहाँका अनुसार काठमाडौँ उपत्यकामा थप कडाइ गर्न जगेडामा […]

देशभर पाँच हजार ७ सय ६३ जनालाई कोरोना सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा देशभर पाँच हजार ७ सय ६३ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १४ हजार ९ सय ६९ जनाका पिसिआर र ५ सय ६६ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा पाँच हजार ७ सय ६३ जनालाई सङ्क्रमण पुष्टि भएको छ । योसँगै […]