गौरीशङ्कर मावि रामेछापका शिक्षकले पाए ल्यापटप

रामेछाप जिल्लाकै पहिलो माध्यमिक विद्यालय श्री गौरीशङ्कर माध्यमिक विद्यालयका शिक्षकहरुले ल्यापटप पाएका छन । विद्यालयमा कार्यरत शिक्षकहरुलाई राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत एक शिक्षक एक ल्यापटप प्रदान गरिएको विद्यालयका लेखापाल रमेश तामाङले जानकारी दिनुभयो । माध्यमिक विद्यालयमा अध्यापनरत सम्पूर्ण शिक्षकहरूलाई प्रविधिमैत्री र सिकाइ सहजीकरणका लागि ल्यापटप वितरण गरिएको विद्यालयकै शिक्षक प्रकाश शाहीले बताउनुभयो । कोरोना […]

रामेछाप गाईखुरामा करेन्ट लागेर एक पुरुषको मृत्यु

रामेछापमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । जिल्लाको मन्थली नगरपालिका वडा नं १ गाईखुरामा रहेको एस के मोटर वर्कशवमा कार्यरत भारत मोतिहारी घर भएका वर्ष ३० का असरत आलामको ज्यान गएको रामेछाप प्रहरीले जनाएको छ । आज दिउँसो १२ बजेको समयमा काम गर्ने क्रममा अचानक विद्युत सप्लाई हुने मोटरमा टासिएर आलमको ज्यान गएको […]

नेपाली कांग्रेस रामेछापको क्रियाशिल सदस्य संख्या ११ हजार नाघ्यो

नेपाली कांग्रेस रामेछापको क्रियाशिल सदस्यतको संख्या ११ हजार नाघेको छ । रामेछाप कांग्रेसले रामेछापको आठ वटै स्थानीय तहबाट यस पटक करिब ६ हजार नयाँ सदस्यता थप्दै क्रियाशिल सदस्यतको संख्या दोब्बर पु¥याएको होे । अहिले रामेछाप कांग्रेसको क्रियाशिल सदस्यतको संख्या ११ हजार १ सय ८५ पुगेको छ । अझै जिल्लामा क्रियाशिल सदस्यताको संख्या केही बढन सक्ने […]

रामेछापमा फेरी बढे कोरोना संक्रमित, १६१ जना आइसोलेसनमा

रामेछाप जिल्लामा केही दिन अघिसम्म कोरोना संक्रमित घटेको भएपनि फेरी संक्रमित बढ्न थालेका छन । सोमबार मात्रै जिल्ला अस्तालमा १२ जना कोरोना संक्रमित थपिएका छन । सोमबार रामेछाप नगरपालिकामा १ जना,उमाकुण्ड गाउँपालिकामा ३ जना,खाँडादेवी गाउँपालिकामा १ जना,गोकुलगंगा गाउँपालिकामा ३ जना र दोरम्बा गाउँपालिकामा ३ जना गरी २३ जनामा एन्टिजेन परीक्षणबाट कोरोना पुष्टि भएको छ । […]

आजपनि देशका अधिकांश स्थानमा ठूलो वर्षाको सम्भावनाः मौसम पूर्वानुमान महाशाखा

आजपनि देशका अधिकांश स्थानमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान आगामी तिनदिनको मौसम सम्बन्धी बुलेटिन सार्वजनिक गर्दै महाशाखाले अहिले पनि देशका केही स्थानमा वर्षा भइरहेको जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चचिम प्रदेशका थोरै स्थानमा […]

स्थानीय सरकार गठन भएको ४ वर्षपछि स्वमूल्याङ्कन गरिँदै

स्थानिय सरकार गठन भएको ४ वर्ष पछि स्वमूल्याङ्कन गर्न थालेका छन् । स्थानीय तहको कार्य प्रकृया र उपलब्धीहरूको बारेमा लेखाजोखा गरी सबल र दुर्बल पक्षको पहिचान गर्न, विकास तथा सुशासनमा रहेका कमिकमजोरीको जानकारी लिन संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकारलाई स्वमूल्याङ्कन कार्य गर्न निर्देशन दिएको हो । स्थानीय तहको क्षमता मूल्याङ्कनका लागि शासकीय […]

प्रदेश सरकारको बजेट खर्च दर आर्थिक वर्ष २०७७÷७८ मा ६९ दशमलब १ प्रतिशत मात्र

प्रदेश सरकारले आर्थिक वर्ष २०७७÷७८ मा ६९ दशमलब १ प्रतिशत मात्र बजेट खर्च गरेका छन् । जसमा चालु तर्फ ६७ दशमलव ५ प्रतिशत खर्च भएको छ भने पुँजिगततर्फ ७० दशमलव ७ प्रतिशत खर्च भएको छ महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । प्रदेश १ सरकारले आफ्नो समग्र बजेटको ६४ दशमलब ७६ प्रतिशत र प्रदेश २ ले […]

रामेछापमा ट्राफिक प्रहरीद्धारा डेढ करोड राजश्व संकलन

जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले लगभग डेढ करोड राजश्व संकलन गरेको छ । कार्यालयले आर्थिक वर्ष २०७७÷७८ मा सो रकम संकलन गरेको हो । ट्राफिक कार्यालयले १ वर्षको अवद्यिमा १ करोड ४८ लाख ८२ हजार रुपैयाँ राजश्व संकलन गरेको जनाएको छ । कार्यालयले ट्राफिक नियम उल्लंघन गर्ने १५ हजार वटा सवारीसाधन कारबाहीबाट सो रकम संकलन […]

रामेछापमा आजदेखी भेरोसिल खोपको पहिलो मात्रा लगाउन सुरु

रामेछाप जिल्लामा आजदेखी भेरोसिल खोपको पहिलो मात्रा लगाउन सुरु गरिएको छ । आजदेखी ५ गतेसम्म प्राप्त खोप डोज संख्याको आधारमा भेरोसिलको पहिलो मात्रा लगाउने स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । जिल्लाका दुई नगरपालिका र ६ वटा गाउँपालिकामा कोरानो विरुद्धको खोप भेरोसिलको पहिलो मात्रा लगाउन थालिएको हो । ५५ वर्ष उमेर माथिका कोभिड १९ विरुद्ध खोप […]

रामेछापमा थपिए १० जना कोरोना संक्रमित, आज २० जना निको

रामेछाप जिल्लामा आज १० जना कोरोना सङ्क्रमित थपिएका छन् । जिल्ला अस्पतालमा ५ जना,रामेछाप नगरपालिकामा २ जना,गोकुलगंगा गाउँपालिकामा २ जना र लिखुतामाकोशी गाउँपालिकामा एक जनाको एन्टिजेन परीक्षण रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । योसँगै जिल्लामा कोरोना पुष्टि हुनेको सङ्ख्या २ हजार ३ सय ८२ जना पुगेको छ । यस्तै आज जिल्लामा २० […]