नक्कली लाइसेन्स बोकेर अटो चलाउदै आएका माझी मन्थलीबाट पक्राउ

नक्कली चालक अनुमतीपत्र (लाइसेन्स) बोकेर अटो चलाउदै आएका रामेछापको मन्थली नगरपालिका–६ भलुवाजोरका बिर्खबहादुर माझीलाई जिल्ला ट्राफिक प्रहरी कार्यलय रामेछापले पक्राउ गरेको छ । ज १ ह ५०५१ नम्बरको अटो चलाउदै आएका माझीलाई ट्राफिक प्रहरीले पक्राउ गरेको हो । आज मन्थलीमा सवारी साधन चेकजाँच गर्ने क्रममा नक्कली लाइसेन्स साथमा बोकी अटो चलाउदै आएका उनलाई पक्राउ गरिएको […]

रामेछापमा प्रहरी दिवसको अवसरमा रक्तदान

६६ औं प्रहरी दिवसको अवसरमा रामेछाप प्रहरीले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । जिल्ला प्रहरी कार्यालयको आयोजना तथा नेपाल रेडक्रस सोसाईटि रामेछाप शाखासँगको समन्वयमा रक्तदान कार्यक्रम गरिएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापमा कार्यरत ११ जना प्रहरीले रक्तदान गरेको प्रहरी प्रबक्ता श्री शंकर श्रेष्ठले जानकारी दिनुभयो । नेपाल प्रहरी स्थापनाको असरमा हरेक […]

दसैँ अगावै बक्यौतासहित सबै सुविधा उपलब्ध गराउन महासंघको आग्रह

श्रमजीवि पत्रकारलाई दसैँ अगावै बाँकी बक्यौतासहित सबै प्रकारका सेवासुविधा उपलब्ध गराउन नेपाल पत्रकार महासंघले आग्रह गरेको छ । महासंघले विज्ञप्ती जारी गर्दै मिडिया व्यवस्थापन पक्षलाई गम्भीर बनेर बढ्दै गरेको श्रमजीवि पत्रकारको समस्या समाधान गर्न आग्रह गरेको हो । महासंघले कोरोना सङ्क्रमणको वहाना बनाइ पत्रकारलाई निष्काशन गर्ने, दवावपूर्ण बिदामा राख्ने, तलब–भत्ता कटौती गर्ने, अनुचित सरुवा गर्ने […]

आज अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाइँदै

आज अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाइँदैछ । ३१ औँ अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा संयुक्त राष्ट्रसङ्घले यस वर्ष ‘सबै उमेर समूहका लागि विद्युतीय प्रविधिको प्रयोगमा समानता’ नारा तय गरेको छ । दिवसको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले ज्येष्ठ नागरिक अनुभव र व्यवहारमा परिपक्व व्यक्तित्व भएको बताउनुभएको छ । दिवसका अवसरमा सम्पूर्ण […]

बागमती प्रदेशका मुख्यमन्त्री शाक्यले असोज २५ गते विश्वासको मत लिने

बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले असोज २५ गते विश्वासको मत लिने हुनुभएको छ । सरकारमा रहेको दल विभाजन भएको अवस्थामा ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । संविधानको धारा १८८ (२)को व्यवस्था अनुसार उहाँले अन्तिम दिन विश्वासको मत लिन लाग्नुभएको हो । भदौ २६ गते प्रदेश निर्वाचन आयोगले एमाले विभाजन भइ एकीकृत […]

एमाले सुकाजोरको अध्यक्षमा सुवाश थापा चयन

नेकपा एमाले रामेछाप नगरपालिका वडा नम्बर ७ को अध्यक्षमा सुवाश थापा चयन हुनुभएको छ । मंगलबार भएको वडा भेलाले थापालाई सर्वसम्मतिले अध्यक्षमा चयन गरेको हो । उपाध्यक्षमा लिला ब मगर र बाल विक्रम मगर,सचिवमा राजु विक्रम बस्नेत र ध्रुब बस्नेत लगायतको २९ सदस्य कमिटी गठन गरिएको छ । नेकपा एमाले रामेछाप नगरका संयोजक होतराज ढकालको […]

रामेछाप नगरपालिकाका २० जना महिलाले सिके गाडी चलाउन

रामेछापको रामेछाप नगरपालिकाले महिलाको लागि निःशुल्क ड्राइभिङ तालिम दिएको छ । महिलाहरुलाई सीप सिकाएर आत्मनिर्भर बनाउन नगरका २० जना महिलाहरुलाई १५ दिने ड्राइभिङ तालिम दिएर उनिहरु गाडी चलाउन सक्ने भएका छन । निःशुल्क गाडी चलाउन सिक्न पाएकामो असाध्यै खुशी लागेको भन्दै महिलाहरुले अब गाडी चलाउन लाईसेन्सको ट्रायल दिने बताएका छन । उनिहरुलाई ट्राफिक नियम लगायको […]

जन्मदिनको अवसरमा वडाअध्यक्ष तामाङद्धारा विपन्न बालबालिकालाई आर्थिक सहयोग

रामेछापको रामेछाप नगरपालिका वडा नं. ५ रामपुरका वडा अध्यक्ष भीमबहादुर तामाङले आफ्नो जन्मदिनको अवसरमा विपन्न तथा अभिभावक बिहीन बालबालिकालाई आर्थिक सहयोग गर्नुभएको छ । वडा अध्यक्ष तामाङले भिमेश्वर माध्यमिक विद्यालय रामपुरमा अध्ययनरत दुई छात्रा र दुई छात्र गरि चार बालबालिकालाई आर्थिक सहयोग गरेर आफ्नो ३८ औं जन्मदिन मनाउनुभएको हो । कक्षा ९ मा अध्ययनरत गंगा […]

बागमती ‘साक्षर प्रदेश’ घोषणा, रामेछापमा ९६.४० प्रतिशत नागरीक साक्षर

बागमती प्रदेश साक्षर प्रदेशको रुपमा घोषणा गरिएको छ । सोमबार मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्नुभएको छ । साक्षर प्रदेशमा बागतमी प्रदेश पहिलो रहेको छ । १५–६० उमेर समूहको साक्षर रहेको भन्दै गत २०७१ असार २ गते सिन्धुपाल्चोक जिल्ला घोषणा गर्दै अभियान सुरु भएकोमा यही असोज ४ गते काठमाडौं जिल्ला साक्षर घोषणा भएसँगै […]

तीन दिन देशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने

अबको तीन दिन देशका केही स्थानमा मेघगर्जनर चट्याङ्गसहित पानी पर्ने मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार, भारतको उडिसामा बनेको न्यूनचापिय क्षेत्रको आंशिक प्रभावले अबको तीन दिन देशभरी कै मौसम आंशिकदेखि सामान्य बदली रहीकेही स्थानमा मेघगर्जनर चट्याङ्गसहित पानी पर्ने सम्भावना छ । तर ठूलो पानी भने कतै पनि नपर्ने महाशाखाले जनाएको छ । यसकै […]