लक्ष्मीप्रसाद देवकोटाको १ सय १३ औँ जन्मजयन्ति मनाइँदै

लक्ष्मीप्रसाद देवकोटाको १ सय १३ औँ जन्मजयन्ति मनाइँदै

आज महाकविलक्ष्मीप्रसाद देवकोटाको १ सय १३ औँ जन्मजयन्ति पनि मनाइँदैछ । वि.सं. १९६६ मा कार्तिक कृष्ण औंसी अर्थात लक्ष्मीपूजाका दिन काठमाडौंको डिल्लीबजारमा जन्मनुभएका देवकोटाले दस वर्षको उमेरमा कविता लेख्न सुरु गर्नुभएको थियो ।

देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् ।नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित हालसम्म सबैभन्दा बढी बिक्री भएको पुस्तक हो ।

नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ । उहाँको सिर्जनामा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ ।उहाँको मृत्यु २०१६ सालभदौ २९ गते भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार