प्रधानन्यायाधीशजबरा बारेको विवादका कारण न्यायाधीशहरूले आज पनि मुद्दा नहेर्ने

प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको भूमिकाका बारेमा जारी विवादका कारणसर्वोच्च अदालतका न्यायाधीशहरूले आज पनि मुद्दा नहेर्ने भएका छन् । प्रधानन्यायाधीश जबराको सम्मानजनक बहिर्गमनकै पक्षमा रहेको निष्कर्षमा पुगेका सर्वोच्चका न्यायाधीशहरूले आज पनि मुद्दा नहेर्ने भएका हुन् । जबराको बहिर्गमनको प्रस्तावको बारेमा भने आज सर्वोच्च अदालतका न्यायाधीशहरूले छलफल गर्ने भएका छन् । न्यायाधीशहरूले प्रधानन्यायाधीश जबरासँग वार्ता गर्न अनिलकुमार सिन्हा, […]

देशभरी नै न्यूनतम तापक्रम घट्दा चिसो बढ्दै

आज देशको पहाडी भूभागको मौसम घाम लाग्दै बादल लागेपनि बाँकी ठाउँको मौसम भने सफा रहने मौसमविद्ले बताएका छन् । अहिले नेपालमा पानी पार्ने कुनै पनि प्रणाली सक्रिय नभएकाले तत्काल पानी पर्ने सम्भावना नरहेको वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । उहाँका अनुसार उच्च पहाडी तथा हिमाली भेगमा भने हल्का हिमपातको सम्भावना छ । सामान्यतया दिउँसो […]

बार एशोसिएसनले आज कालोपट्टी बाँधेर सर्वोच्चमा धर्ना दिँदै

नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आजदेखि विभिन्न चरणका आन्दोलन गर्दैछन् । बारले आजदेखि आउँदो बुधबारसम्म विभिन्न चरणको आन्दोलन गर्न लागेको हो । बारका सदस्य खिमानन्द अधिकारीका अनुसार आज सर्वोच्च अदालतमा कालो पट्टी बाँधेर धर्ना दिने, भोलि गेटमा धर्ना दिने, पर्सि कोणसभा गर्ने र बुधबार पनि आन्दोलनलाई निरन्तरता दिने तयारी छ […]

अबैध रुपमा नेपाल प्रवेश गर्नेलाई सीमामा कडाई गरिने

सरकारले देशका विभिन्न सीमानाकामा कडाई गर्ने भएको छ । केन्द्रीय सुरक्षा समितिको हिजो बसेको बैठकमा देशका विभिन्न सीमानाकामा कडाई गर्ने विषयमा छलफल भएको हो । कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा गृह मन्त्रालयमा हिजो बसेको बैठकले अवैधानिक रुपमा नेपाल प्रवेश रोक्न सीमानाकामा थप कडाइ गर्ने निर्णय गरेको हो । कडाइ गर्नका लागि नाकामा सीसीटिभी […]

आज पहाडी भू–भागबाहेकका ठाउँको मौसम सफा रहने

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज देशका पहाडी भ–ूभागबाहेकका ठाउँको मौसम सफा रहने बताएको छ । मौसम बदली गराउने वा पानी पार्ने प्रणाली नभएका कारण पहाडी बाहेकका भेगको मौसम सफा हुने महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् सजिना शाक्यका अनुसार पहाडी भेगमा भने घाम लाग्दै बादल लाग्ने सम्भावना रहेको छ । […]

रामेछापमा मादलको व्यापार घट्यो, बादी समुदायको मादल व्यवसाय संकटमा

रामेछापमा पछिल्लो समय मादलको व्यापार घटेको छ । केही वर्षअघिसम्म तिहारअघि मादलको बिक्री उल्लेख्य हुने गरेको भएपनि अहिले तिहारको सिजनमा मादल बेच्न निक्कै मुश्किल हुने गरेको रामेछाप बजारमा १० वर्षदेखी मादल व्यापार गर्दै आउनुभएका व्यापारी सुजन घिमिरेले बताउनुभयो । गत वर्ष ५ वटा मादल विक्रि भएको भन्दै उहाँले यस वर्ष अहिलेसम्म एउटा पनि मादल विक्री […]

प्रधानमन्त्री देउवा आज बेलायत जाँदै

प्रधानमन्त्री शेरबहादुर देउवा२० सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्र्दैआज बेलायत जाँदै हुनुहुन्छ । स्कटल्यान्डको ग्लागोमा हुन लागेको जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय खाका संरचना महासन्धि (यूएनएफसीसीसी) को २६ औँ सम्मेलन (कोप–२६) मा सहभागी हुन प्रधानमन्त्रीसहितको टोली आज बिहान १० बजे बेलायत जान लागेको हो । प्रधानमन्त्री देउवा कतार एयरको उडानबाट बेलायत जान लागेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ […]

बालबालिकाका लागि सरकारले थप १ करोड खोप ल्याउने

सरकारले १२ वर्षदेखि १८ वर्ष मुनिका बालबालिकाका लागि थप १ करोड खोप ल्याउने भएको छ । अमेरिकाको मोडर्ना र फाइजर एण्ड बायोएनटेकले विकास गरेको कोरोनाविरुद्धको थप १ करोड मात्रा खोप सरकारले ल्याउने तयारी गरेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले ५० लाख बालबालिकालाई पुग्नेगरी सरकारले अमेरिकाबाट मोडर्ना र फाइजरको खोप खरिदका लागि तयारी […]

नेकपा एसका नेता पाण्डे आज बागमती प्रदेशको मुख्यमन्त्री बन्दै

नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र पाण्डे आज बागमती प्रदेशको मुख्यमन्त्री बन्दै हुनुहुन्छ । उहाँ नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एस) र जनता समाजवादी पार्टीको समर्थनमा मुख्यमन्त्री बन्न लाग्नुभएको हो । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले हिजो राजीनामा दिएपछि प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज ३ बजेसम्म मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गर्नुभएको छ । हिजै चार […]

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यद्वारा राजीनामा

वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिनुभएको छ । आज बुधवार प्रदेश सभा बैठकमा सम्बोधन गर्दै शाक्यले मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको हो ।वाग्मती प्रदेशमा आज मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने कार्यसूची थियो । उहाँले बैठकमा बोल्दै मत विभाजनभन्दा आपसी सहकार्यबाट मात्रै प्रदेशको समृद्धि सम्भव भएकाले आफूले राजीनामा दिएको बताउनुभयो ।शाक्यको राजीनामासँगै वागमती प्रदेश सभाको […]