बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज विश्वासको मत लिने
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज विश्वासको मत लिने हुनुभएको छ । दिउँसो ३ बजे बस्ने प्रदेश सभाको बैठकमा उहाँले विश्वासको मत लिने प्रस्ताव पेश गर्नुहुने भएको हो । त्यसअघि १ बजे बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यसूची तयार गरेपछि सोही अनुसार बैठकको तयारी हुने बागमती प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो । […]

