कोरोनाविरुद्धको खोप अभियानलाई तिव्रता दिइएको सरकारको भनाइ

हिजो मात्रै देशभर एक लाख ४७ हजारभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाए

कोरोनाविरुद्धको खोप अभियानलाई तिव्रता दिइएको सरकारको भनाइ

हिजो मात्रै देशभर एक लाख ४७ हजारभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाए

सरकारले गत माघ १४ मा सुरु गरेको कोरोनाविरुद्धको खोप अभियानले फेरी तिव्रता पाएको छ । चाडबाडका कारण असोज र कात्तिकमा सुस्ताएको खोप अभियानले मङ्सिर लागेसँगै तिव्रता पाएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १८ वर्षभन्दा माथिका सबै नागरिकलाई आफ्नो परिचय खुल्ने राष्ट्रिय परिचयपत्र लिएर खोप लगाउन आग्रह गरेको छ ।

जसका लागि देशका विभिन्न स्थानमा खोप केन्द्रहरू पनि थप गरिएको मन्त्रालयले जनाएको छ । कात्तिक महिनामा जम्मा ४ दिनमा १ लाखभन्दा बढीले खोप लगाएकोमा मङ्सिर लागेसँगै दैनिक झन्डै एक लाखका दरले कोरोनाविरुद्धको खोप लगाइरहेको मन्त्रालयका सह प्रवक्ता डा.समिर कुमार अधिकारीले बताउनुभयो ।हिजो मात्रै देशभर एक लाख ४७ हजारभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार