रामेछापमा ८ वर्षीया बालिकामाथि बलात्कार, ७२ वर्षीय वृद्ध पक्राउ

बालिकालाई चाउचाउ किन्न गएको बेला वृद्धले फकाएर आफ्नै घरमा लगी बलात्कार गरेका हुन

रामेछापमा ८ वर्षीया बालिकामाथि बलात्कार, ७२ वर्षीय वृद्ध पक्राउ

बालिकालाई चाउचाउ किन्न गएको बेला वृद्धले फकाएर आफ्नै घरमा लगी बलात्कार गरेका हुन

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ८ मा ८ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा ७२ वर्षीय वृद्ध पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार मंगलबार रामेछाप नगरपालिका ८ भोटेटार बस्ने ७२ वर्षीय मंगल तामाङले सोही ठाउॅकी ८ वर्षीया बालिकालाई चाउचाउ किन्न गएको बेला फकाएर आफ्नै घरमा लगी जबर्जस्ती करणी गरेको उजुरीको आधारमा उनी पक्राउ परेका हुन् ।

प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठका अनुसार तामाङलाई बुधबार जबर्जस्ती करणी मुद्दामा अनुसन्धान गर्न जिल्ला अदालत रामेछापबाट ५ दिन हिरासतमा राख्न म्याद थप भएको छ ।

रामेछापकै भुजीमा ५ वर्षिया बालिकालाई जबर्जस्ती करणी गर्ने उद्योग गरेको अभियोगमा मंगलबार मात्रै १८ वर्षीय किशोर प्रहरी हिरासतमा पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार